काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट आज आइतबार संघीय संसद्मा प्रस्तुत गर्दैछ। जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन्।
अर्थमन्त्री शर्माले आइतबार नै संसद्मा बजेटसँग आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ। आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रालयले १७ खर्ब हारहारीको आकारको बजेट ल्याउने छ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले पूर्वाधार क्षेत्रमा प्राथमिकता दिने तथा लोकप्रिय बन्ने केही कार्यक्रमको घोषणा गर्ने छ। यसैगरी, कर्मचारीको तलब पनि सामान्य वृद्धि हुने अर्थ मन्त्रलय श्रोतले जानकारी दिएको छ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले वृद्धभत्ता पाउने उमेर ६८ बनाउने तयारी गरेको छ। यसअघिनै प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्धभत्ता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६५ वर्ष बनाउने भनेका थिए।
यद्यपि, यसको विरोध भएपछि यो उमेर ६८ वर्ष कायम गर्न लागिएको स्रोतले बतायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।