फाइल तस्बिर।
काठमाडौं– एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाल इस्ट टिमोरको यु–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ।
कतारको दोहास्थित ग्राण्ड हमाद स्टेडियममा शनिबार राति भएको खेलमा टिमोरसँग २–० ले पछि रहेको स्थितिबाट नेपालले पुनरागमन गर्दै २-२ गोलको बराबरी खेलेको हो।
४४औं मिनेटमा नेपाल पछि परेको थियो। लगत्तै पहिलो हाफमो इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा टिमोरले नेपालविरुद्ध अग्रता दोब्बर बनायो।
५१औं मिनेटमा नेपालले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्यायो। ७२औं मिनेटमा नेपालले अर्काे गोल थप्दै खेललाई २–२ गोलको बराबरीमा सकायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।