फाइल तस्बिर काठमाडौं–सरकारले संसदमा पेश गरेको आर्थिक सर्वेक्षणका अनुसार वैदेशिक रोजागारीमा जानेहरुको संख्यामा वृद्धि भएको छ। तर नेपाल भित्रने रेमिट्यान्स भने घटेको छ।
शनिबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको प्रतिवेदनका अनुसार वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या ५६ लाख ६२ हजार २ सय २६ पुगेको छ। आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म वैदेशिक रोजगारीमा जान थप नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या ४ लाख १२ हजार ७ सय ८७ रहेको सर्वेक्षणमा उल्लेख छ।
तर आर्थिक वर्ष २०७८/७९को फागुनसम्म विप्रेषण आप्रवाह १.७ ले संकुचन भएको प्रतिवेदनमा उल्लेख छ। यसरी संकुचन भई कुल ६ खर्ब ३१ अर्ब१९ करोड पुगेको सर्वेक्षणमा उल्लेख छ। आर्थिक वर्ष २०७७/७८मा सोही अवधिमा विप्रेषण आप्रवाह ६ खर्ब ४२ अर्ब ३३ करोड थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।