काठमाडौं–आर्थिक वर्षको २०७८/७९ मा संघ, प्रदेश र स्थानीय तहको एकीकृत खर्चमा वृद्धि भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गरेको सर्वेक्षणका अनुसार यो वर्ष १४.४ प्रतिशतले खर्च बढेर १३ खर्ब ६२ अबै १८ करोड पुगेको उल्लेख छ। आर्थिक वर्ष २०७७/७८ मा कुल एकीकृत खर्चमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थापनतर्फको खर्चको हिस्सा क्रमश ५४.४ प्रतिशत, ३६.५ प्रतिशत र ९.१ प्रतिशत रहेको थियो।
त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा यो हिस्सा क्रमश ५६.० प्रतिशत, ३४.१ प्रतिशत र ९.९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।