काठमाडौं–हरेक नेपालीको भागमा सार्वजनिक ऋणको भार ६३ हजार रुपैयाँ पुगेको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको आर्थिक सर्वेक्षणका अनुसार प्रत्येक नेपालीहरुको भागमा ६३ हजार ३ सय १० रुपैयाँ ऋण परेको उल्लेख छ। नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब भएको छ।
फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ । उक्त ऋणलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा विभाजन गर्दा उक्त रकम प्रत्येक व्यक्तिको भागमा परेको हो ।
ब्यापार घाटा ११ खर्व
यस्तै, कुल व्यापार घाटा ३४.५ प्रतिशतमाथि पुगेको छ। चालु आर्थिक वर्षको ८ महिनामा सरकारको व्यापार घाटा ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको सर्वेक्षणमा उल्लेख छ ।
अर्थ मन्त्रालयका अनुसार फागुन मसान्तसम्म आन्तरिक ऋण ८ खर्ब ६३ अर्ब १९ करोड र बाह्य ऋण ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ रहेको छ।
यसै वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब ६४ करोड रुपैयाँ थियो। सरकारले यस वर्ष फागुन मसान्तसम्म ८९ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ ।
फागुनसम्म अनुदान र ऋण गरी बाह्य सहायता ४७ अर्ब ९४ करोड रुपैयाँ उपयोग गर्न सकेको छ। यस अवधिमा वैदेशिक सहायता प्रतिबद्धता भने अनुदानमा ९ अर्ब ४६ करोड र ऋणमा १ खर्ब १६ अर्ब ६१ करोड गरी कुल १ खर्ब २६ अर्ब ७ करोड बराबरको प्राप्त भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।