• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

अर्को सिजनमा बैंग्लोरले जोगाउला त आफ्नै साख ?

64x64
नेपाल लाइभ शनिबार, जेठ १४, २०७९  १४:०४
1140x725

काठमाडौं– आशाले भरिएको अर्को सिजन या निराशाले भरिएको यो सिजन? रोयल च्यालेन्जर्स बैंग्लोरको इन्डियन प्रिमियर लिग (आईपीएल)को यात्रालाई कसरी हेर्न चाहनुहुन्छ?  

बैंग्लोर लगातार तीन वर्षदेखि प्लेअफमा प्रवेश गरेको छ। पछिल्ला दुई सिजनमा एलिमिनेटरमा हार बेहोरेको बैंग्लोर यसपटक चुनौतीलाई पार गर्दै दोस्रो क्वालिफायरसम्म पुग्यो। 

तर, निर्णायक मानिएको खेलमा राजस्थान रोयल्ससँग ७ विकेटले पराजित भयो। मुख्य ब्याटर विराट कोहली, ग्लेन म्याक्सेवल र फाफ डु प्लेसिसज महत्वपूर्ण खेलमा सस्तैमा आउट भए। 

बैंग्लोरका रजत पाटिदारले सर्वाधिक ५८ रन बनाउनुबाहेक अन्य खेलाडीले प्रशंसा गर्न योग्य रन बनाउन सकेनन्। जसकारण बैंग्लोर १५७ रनमा समेटियो। 

बैंग्लोरका क्रिकेट निर्देशक माइक हेसन पनि राजस्थानविरुद्धको खेलमा ब्याटिङ नचलेको स्वीकार गर्छन्। ‘१७५–१८० को स्कोर बनाएको भए बैंग्लोरले राजस्थानलाई बलियो चुनौती दिन सक्थ्यो। तर, राजस्थानका बलरअघि बैंग्लोरका ब्याटर चलेनन् र खेल गुमायौं,’ उनी भन्छन्।

राजस्थानका तीव्र गतिका बलर प्रसिद्ध कृष्णले बैंग्लोरविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरे। उनले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। यता, ओबेद म्याकोयरले २ विकेट लिए।
 
म्याकोयरले गति परिवर्तन गर्दै ब्याटरहरूलाई सेट हुन दिएन। यता, कृष्णले पनि बैंग्लोरका खेलाडीहरूलाई खुलेर खेल्न दिएनन्। यी दुई बलरको शानदार बलिङका कारण बैंग्लोरले अन्तिम ५ ओभरमा ३५ रन मात्र बनाएको थियो भने ५ विकेट पनि गुमायो।

खेलपछि हेसनले भने, ‘हाम्रो ब्याटिङ अझ राम्रो हुन सक्थ्यो। १२३ रनमा ३ विकेट गुमाएका थियौं। त्यसपछि अझै ५ ओभर बाँकी थियो र हामी १७५–१८० सम्म पुग्न सक्थ्यौं। म्याक्सवेल र पाटिदार सेट थिए। हामीले त्यहाँ लगातार विकेट गुमायौं।  म्याकोयर र प्रसिद्ध राम्रो बलिङ गरे र हामीलाई खुलेर खेल्न दिएनन्। हामीले अन्तिम पाँच ओभरमा ३० रन मात्र बनाउन सक्यौं।’

यद्यपि, हेसन डेथ ओभरमा बैंग्लोरको ब्याटिङलाई खराब भन्न नमिल्ने बताउँछन्। ‘हाम्रो ब्याटिङ सिजनभरका अन्तिम पाँच ओभरमा उत्कृष्ट रह्यो। सायद शीर्ष क्रमले हामीले सोचे जस्तो योगदान दिन सकेनन्। आजबाहेक सबै खेलमा हामीले डेथ ओभरमा राम्रो ब्याटिङ गरेका थियौं,’ उनले भने।

Ncell 2
Ncell 2

आफ्नो टोलीका कमजोरीहरूको बारेमा कुरा गर्दै हेसनले खेलाडीहरूले आफ्नो गल्तीबाट पाठ सिक्ने बताए। योसँगै उनले अब यो टोली दुई–तीन खेलाडीमा भर नपर्ने पनि दाबी गरे।

‘केवल दुई या तीन खेलाडीमा भर परेर तपाईं प्लेअफमा पुग्न सक्नुहुन्न। हामी हाम्रा रिटेन गरिएका खेलाडीहरूमा मात्र निर्भर थिएनौं। धेरै खेलाडीहरूले खेल जिताउन योगदान दिए,’ उनले भने।

हेसनले पछिल्लो चार–पाँच इनिङ्समा विराट कोहली राम्रो लयमा देखिएको पनि बताए। प्रतियोगिताबाट बाहिरिएपछि धेरै कुरामा काम गर्न सकिने उनले स्वीकार गरे, तर टोलीको एकतामा आफू खुसी रहेको प्रतिक्रिया दिए।

पाटिदारले प्रतिस्थापन खेलाडीको रुपमा टोलीमा स्थान बनाएका थिए। उनले टोलीमा स्थान बनाएपछि आफूलाई प्रमाणितसमेत गरे। दुई दिनअघि उनी प्लेअफमा शतक बनाउने पहिलो ‘अनक्याप्ड’ खेलाडी बने र त्यसपछि राजस्थानविरुद्ध अर्धशतक पनि बनाए। 

यसबाहेक शाहबाज अहमदले यो सिजनमा सबै खेल खेले र आफ्नो अलराउन्डर प्रदर्शनले सबैलाई प्रभावित पारे। २०२१ मा पर्पल क्याप जितेका हर्षल पटेलले व्यक्तिगत कठिनाइहरूको सामना गरेपछि फर्केर किफायती बलिङ गरे।

यसबाहेक भारतीय टोलीमा फर्किने इच्छा लिएर मैदानमा उत्रेका दिनेश कार्तिकको फर्म भने हेर्नलायक देखिएको थियो। २२० को स्ट्राइक रेटमा रन बनाएका उनले डेथ ओभरमा पनि टोलीलाई बलियो साथ दिए। 

विदेशी खेलाडीमध्ये जोस ह्याजलवुड र भानिन्दु हसरंगाले उत्कृष्ट प्रदर्शन गरे। सिजनका सकारात्मक पक्षहरूको बारेमा बोल्दै हेसनले भने, ‘पाटिदार, शाहबाज, लोमररजस्ता धेरै खेलाडीहरूले आफूलाई प्रमाणित गरे। हर्षल बलिङमा चम्किए। कार्तिकले राम्रो भूमिका निर्वाह गरे। ह्याजलवुडले उत्कृष्ट बलिङ गरे, बीचको ओभरमा धेरै विकेट लिएका कारण हसरंगासँग अहिले पर्पल क्यापका दाबेदार छन्। हामीलाई पावरप्लेमा अझै केही विकेट र अलि बढी रन चाहिन्छ। समग्रमा भन्दा यो सिजन सबै राम्रो भयो।’

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १४:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
सम्बन्धित सामग्री
महिला टी–२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित टस हारेर पहिले ब्याटिङ गरेर नेपालले दिएको १२३ रनको झिनो लक्ष्य थाइल्यान्डले मात्र १६ दशमलव ५ ओभरमा २ विकेटको इतिमा पूरा गर्‍यो । थाइ... आइतबार, माघ ४, २०८२
महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १... आइतबार, माघ ४, २०८२
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ आगामी फेब्रुअरी-मार्चमा श्रीलंका र भारतमा हुने विश्वकपमा सहभागी हुनु अघि टोलीले अभ्यास खेल खेल्नेछ । शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्