काठमाडौं– अर्जेन्टिनाका फुटबलर डिएगो म्याराडोनाको सम्मानमा आकाशमा फ्लाइङ म्युजियम बन्ने भएको छ।
ट्याङ्गो डी १० एस नामको यो विमान भित्र म्युजियम बनाउन लागिएको हो। यो विमान अर्जेन्टिनाको लागि उड्नेछ र फुटबल प्रशंसकहरूलाई मैदानमा आउन प्रेरित गर्नेछ।
विमान बाहिर सन् १९८६ को विश्वकपका म्याराडोनाको तस्बिर रहनेछ। उक्त तस्बिरमा म्याराडोना अर्जेन्टिनाको जर्सी लगाएर ट्रफीलाई चुम्बन गरिरहेको देखिन्छ।
विमानले बार्सिलोना र नेपल्सको पनि यात्रा गर्नेछ, जहाँ म्याराडोनाको नेतृत्वमा नापोलीले आफ्ना दुई इटालियन लिग उपाधि ९१९८७ र १९९०० मा जितेको छ।
त्यसपछि विमानको अन्तिम बिसौनी कतार हुनेछ, जहाँ यस वर्षको विश्वकप फुटबल आयोजना हुँदैछ। विमानभित्र म्याराडोनासँग सम्बन्धित सामान राखिएको बताइन्छ।
म्याराडोनाको सन् २०२० मा ६० वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।