काठमाडौं- टोल-टोलमा रथ परिक्रमा गराएर शुक्रबार हाँडीगाउँको जात्रा मनाइएको छ।
हरेक वर्ष बडादशैंको कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने यो जात्रामा त्रिदेव ब्रह्मा, विष्णु र महेशको पूजा गरी विशेष प्रकारको रथ (खट) घुमाउने परम्परा छ।
तीन वटै भगवानको एकैपटक पूजा र जात्राको दर्शन घरमा लक्ष्मीको बास हुने र मनोकांक्षा समेत पूरा हुने धार्मिक विश्वास छ।
कतै नभएको विशेषता रहेकाले 'कहीँ नभएको जात्रा हाँडीगाउँमा' पनि भन्ने गरिन्छ । यो जात्रामा तीन वटा खट वा रथ हुन्छन्, जुन रथ गजुर मुनि र रथमाथि नारायण भगवान् राखिएको हुन्छ । अरू जात्रा गर्ने खटमा माथि गजुर त्यसपछि छाना या शिखर वा प्यागोडा शैली हुने र त्यसमुनि भगवान् राखिन्छ भने हाँडीगाउँको जात्रामा गजुर तलपट्टि राखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।