• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अपराधलाई राजनीतिक रङ दिन खोजे विवादित हुन्छ न्याय

64x64
हेमन्त रावल मंगलबार, जेठ १७, २०७९  ०९:३५
1140x725

काठमाडौं– पछिल्लो समय बलात्कार र यौनहिंसाका घटनाहरू एकपछि अर्को सार्वजनिक हुन थालेका छन्। पीडितहरू आफूलाई निर्धक्क भएर आफूमाथि भएको हिंसाबारे खुल्न थालेको संकेत देखिन्छ। 

आठ वर्षपअघि सौन्दर्य प्रतियोगिताको आडमा भएको यौनहिंसा र बलात्कारको प्रसंग जसरी पीडित युवतीले सार्वजनिक गरिन्, यसले नयाँ बहस सिर्जना गरेको छ। एकपटक फेरी हदम्यादको बहस आम रूपमा सुरु भएको छ। 

त्यस्तै, लामो समयदेखि मौन रहेका पीडितहरू एकाएक खुल्न थालेका छन्। हदम्यादको बहस अहिले सरकारदेखि संसद् हुँदै सडकसम्म चलिरहेको छ। संसद्‍मा सांसदहरूले प्रश्न उठाएपछि सभामुख अग्नि सापकोटाले रुलिङ नै गरे।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफू हदम्यादको विषयमा सकारात्मक रहेको आफ्नै पार्टीका महिला नेताहरूलाई भनेको सुन्न र पढ्न पाइयो। कानुनमन्त्री गोविन्द शर्माले केही दिनअघि पत्रकार सम्मेलन गर्दै हदम्यादबारे अध्ययन र अनुसन्धान गर्न नेपाल कानुन आयोगलाई निर्देशन दिएको बताउनुभयो।

यसरी हेर्दा हदम्यादको विषयमा अहिले फलाम तातेको समय देखिन्छ। सडक, सामाजिक सञ्जाल, सदन र सरकार सबैले बहसमा भाग लिइरहेका छन्। मेरो विचारमा पनि यो बहस अझै घनिभूत रूपमा अहिलेकै समयमा हुन जरुरी छ। जुन समयमा विषय उठेको छ, यसलाई तथ्यपरक निष्कर्षमा यही समयमा पुर्‍याउनुपर्छ। 

नेपाल सरकारले कानुन आयोगमार्फत विभिन्न देशका अनुभव, नेपालको सर्वोच्च अदालतसहित अन्य अदालतका फैसला र विश्वका प्रख्यात फैसला तथा संयुक्त राष्ट्र संघको गाइडलाइनमा आधारित भएर पक्कै सरकारलाई सही बाटो देखाउने छ। त्यस्तै विद्वान वर्गहरूले पनि यो बहसमा भाग दिँदै आफ्नो रायहरू राखिराख्नु भएको छ। यसले यो विषयलाई अझ प्रष्ट हुन सहयोग नै पुग्ने छ।

जतिसुकै सभ्य र आदर्श समाज भए पनि समाजको विविध चरित्रका कारण समाजमा अपराधका विभिन्न घटना हुन्छन्। सभ्य समाजले अपराधलाई अपराधकै रूपमा हेर्ने गर्दछ र त्यसको कानुनसम्मत तरिकाले न्यायिक निदान खोज्‍छ।

जहाँ अपराधको घटना हुन्छ, त्यहाँ कानुन कार्यान्वयन गर्ने राज्यको निकाय स्वतः सक्रिय हुन्छ र हुनुपर्छ। जतिसुकै विकसित भए पनि निश्चित प्रयोजनका लागि निर्मित विद्यमान कानुन अपर्याप्त हुनसक्छ, प्रभावकारी नहुन सक्छ। तर, समाज जतिसुकै अविकसित भए पनि कानुनको शून्यतामा रहँदैन।

nimb
nimb
Ncell 2
Ncell 2

प्रचलित कानुनको उलंघन वा अवज्ञा अपराध हो। कसुरको गाम्भीर्य, कसुर गर्दाको निर्ममता, कसुरदारको उमेर, अवस्था, उसको चेतना र विवेक, कसुर गर्दाको परिस्थिति, मनसाय, अपराधअघि र पछि कसुरदाले गरेको तयारी, अपराध कर्मप्रतिको प्रायश्चित्, पीडितप्रतिको व्यवहार, कानुनको अगाडि समर्पण र अनुसन्धानमा गरेको सहयोगी भूमिकाजस्ता विषयको आधारमा कसुरदारलाई दिइने कानुन बमोजिमको सजाय नै फौजदारी न्यायको दायरा हो। नागरिक समाज र विद्धत वर्गले यसअनुरुप भए नभएको हेर्नुपर्छ र नभएको पाइए विधिसम्मत तरिकाले सरोकार व्यक्त गर्नुपर्छ। न्यायको मार्गबाट कसैलाई पनि विचलित हुन दिनु हुँदैन।

यो पनि पढ्नुहोस्

बलात्कारविरुद्धको मुद्दामा हदम्याद के हो, के होइन? आइतबार, जेठ ८, २०७९

अपराधलाई अपराधकै रूपमा हेरिनुपर्छ। अपराधलाई राजनितिक रङ दिने, राजनीतिक आवरणमा संरक्षण गर्न खोज्ने, अपराध अनुसन्धानमा अवरोध गर्ने, भिडले न्याय नियन्त्रण गर्न खोज्ने, कानुनलाई आफूअनुकुलको व्याख्या गरी न्यायको अपेक्षा राख्ने र दबावबाट मात्रै निदान सम्भव देख्ने प्रवृत्तिले समाजमा प्रश्रय पाउँदासम्म कानुन विभाजित र न्याय विवादित भइरहन्छ। 

कसैको अपराधकर्मबाट आहत भएको  पीडित व्यक्तिले हरहालतमा न्याय पाउनुपर्छ। यो न्यायको शास्वत मान्यता र विश्वास हो। तर, आग्रह, पूर्वाग्रह र प्रतिशोधका कारण कृतिम अपराधको नामकरण गरी कानुनको दायरामा ल्याइएको अपराध नामको अवस्थामा निर्दोष व्यक्तिलाई निर्दोष ठहर गर्दै उसको न्याय प्राप्तिको हकलाई यथोचित रुपले यथासमयमै सम्बोधन गर्नु पनि समग्र न्याय र न्याय प्रणालीकै रक्षा गर्नु हो। 

अपराध जोसुकैले गरोस्, कसुरको मात्रा अनुसार उसले कानुन बमोजिमको सजाय पाउनु नै पर्छ। अपराध अनुसन्धानका लागि कानुनले तोकेका पदाधिकारीहरूको पदीय क्रियाशीलता पनि स्वतः सुरु हुनु पर्छ। कसैले भनेपछि मात्रै आफ्नो कर्तव्यको पालन गर्ने उदासिन प्रवृत्ति रहनु हुँदैन। अनुसन्धानमा आन्तरिक वा बाह्य हस्तक्षेप हुनु हुँदैन र अनुसन्धान अधिकारी पूर्वाग्रही पनि देखिनु हुँदैन। 

अनुसन्धानको दायरामा ल्याइएको व्यक्ति दोषी हो वा निर्दोष के हो? अनुसन्धानको आरम्भमै उसकाप्रति अनुसन्धान अधिकारीहरूले पूर्वाग्रही दृष्ट्रिकोण राख्नु पनि हुँदैन। कसुरको मात्रा अनुसारको सजाय मात्र मागदाबी गर्ने गर्नुपर्छ। कसुर गम्भीर होइन भने गलत कानुनको प्रयोगले बढी सजाय गरेर व्यक्तिलाई जेलमै सडाउने पूर्वाग्रही सोचबाट अनुसन्धान अधिकारी मुक्त हुनुपर्छ।

अधुरो अनुसन्धान र प्रमाणको अभावमा गरिने चर्काे सजायसहितको अभियोग मागदाबीले मात्रै न्यायको रक्षा गर्न सक्दैन। न्याय अदालतले मात्र गर्दैन, राज्यका हरेक अङ्ग निकायहरू पनि न्यायिक हुनुपर्छ। समाजका हरेक व्यक्तिले न्यायपूर्ण सोच राख्नुपर्छ र कानुन कार्यान्वयन गर्ने पदाधिकारीहरू पनि सबै न्यायिक मनसहितको विवेकयुक्त हुनुपर्छ। कानुनलाई मात्र होइन समाजलाई र समाजभित्रका प्रवृत्तिहरूलाई पनि समयानुकूल सुधार गरौं। अनि मात्र न्याय र न्यायप्रणालीको साँचो अर्थमा रक्षा हुनसक्छ। 

(रावल चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश हुन्।)
 

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त रावल
लेखकबाट थप
सुधारको पर्खाइमा रहेका बालबालिका र सुधारिन नसकेका बाल सुधारगृहहरु
निर्दोषिताको सिद्धान्त र हाम्रो अभ्यास 
बढ्दो सम्बन्धविच्छेद : कस्तो प्रभाव परिरहेको छ समाजमा ? 
सम्बन्धित सामग्री
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण धन्य, न्याय मरेको रहेनछ। सर्वोच्च अदालतले सरकारी निर्णय खारेज गरिदियो। अदालतले संविधानको धारा १९ को मर्ममा टेकेर गरेको फैसलामा भनिएक... बिहीबार, भदौ ४, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्