• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बलात्कारविरुद्धको मुद्दामा हदम्याद के हो, के होइन? 

64x64
हेमन्त रावल आइतबार, जेठ ८, २०७९  १९:२०
1140x725

बलात्कारसम्बन्धी आठ वर्षअघिको घटना बाहिरिएसँगै यस्ता मुद्दामा हदम्यादको विषय अहिले चर्चामा छ। एउटा सौन्दर्य प्रतियोगिताका आयोजकमध्येका एक जनाले गरेको भनिएको घटना पीडित युवतीले सार्वजनिक गरेपछि बलात्कार मुद्दामा हदम्यादबारे बहस सुरु भएको हो। 

सामाजिक सञ्जालमार्फत् उनले सार्वजनिक गरेको घटनाले धेरैलाई तर‌ंगित बनाएको छ। ती युवतीले सामाजिक सञ्जालमा आफूमाथि अन्याय भएको भन्दै भिडियो सार्वजनिक गरेकी छिन्। प्रहरीले आरोप लागेका व्यक्तिलाई पक्राउ गरिसकेको छ। विस्तृत अनुसन्धानपछि यसमा मुद्दा चल्ने कि नचल्ने वा कुन अपराधअन्तर्गत मुद्दा चलाउने निर्णय पक्कै होला। तर, बलात्कार गर्नेविरुद्ध मुद्दा चलाउने हदम्यादबारे बहस जरुरी देखिएको छ।   

आफूलाई अन्याय परेको अवस्थामा न्यायिक उपचारका लागि सम्बन्धित निकायमा यथासमयमै याचिका दायर गरिसक्नुपर्ने भनेर कानुनले व्यवस्था गरेको ‘हदम्याद’ मुद्दा दायर गर्न तोकिएको निश्चित समयावधि त हुँदै हो, त्यसका अतिरिक्त अपराधसँग सम्बन्धित प्रमाणहरूको उपलब्धता, तिनको परीक्षण, विश्लेषण र सुरक्षाको सवाल पनि हो। आरोप लगाउनु मात्रै पर्याप्त हुँदैन, त्यसलाई स्वतन्त्र र वस्तुनिस्ट प्रमाणहरूबाट पुष्टि गर्दै आरोपितलाई दण्डित गर्नु र पीडितलाई क्षतिपूर्तिसहितको न्यायले आस्वश्त गर्नु नै फौजदारी न्यायको मूलभूत उद्देश्य र मान्यता हो।

‘पीडितको न्याय पाउने हक’ र आरोपितको ‘स्वच्छ सुनुवाइको हक’लाई न्यायशास्त्रमा समान महत्त्वका साथ हेर्ने गरिन्छ र न्याय प्रणालीले त्यसको प्रत्याभूति गरेकै हुनुपर्दछ। 

मुद्दाको विषयवस्तु र गम्भीरताको आधारमा मुद्दापिच्छे कानुनमा फरक–फरक समयावधिको व्यवस्थासहित हदम्याद तोकिएको हुन्छ। अन्यायमा परेको व्यक्तिले बिनाविलम्ब न्यायको खोजी गर्छ। चोट लागेको छ भने, चोट लाग्नेबित्तिकै स्वतः ऐया भनिन्छ भन्ने मान्यताले नै हदम्यादको औचित्य पुष्टि गर्छ। 

मुद्दाको त्रासको तरबार नागरिकको टाउकोमा राज्यले अनिश्चितकालसम्म झुन्ड्याइ राख्न पाउँदैन भन्ने मान्यतामा पनि हदम्यादको प्रसङ्गसँग जोडिएको हुन्छ। हदम्यादलगायतका प्राविधिक कारणबाट दोषीले उन्मुक्ति पाउनु हुँदैन भन्ने यथार्थतालाई पनि नजरन्दाज गर्न मिल्दैन। 

त्यसैले कानुनमा निर्धारित हदम्यादमा पनि त्यसको विस्तारको प्रावधान राखिएको हुन्छ। नाबालक अवस्थाको व्यक्तिविरुद्ध भएको कसुरका लागि उसका अभिभावक वा संरक्षकका तर्फबाट उजुरी गर्न सक्ने वा ऊ आफैं बालिग भएपछि बालिग भएको मितिदेखि मात्र हदम्याद गणना गर्ने गरिन्छ।

यो प्रावधान अशक्त र असमर्थ अवस्थाका व्यक्तिको हकमा समेत लागू हुन्छ। मानसिक सन्तुलन गुमाएका व्यक्तिको हकमा उपचारपछि निको भएको अवस्थाबाट हदम्याद सुरु हुन्छ। विदेशमा रहेको व्यक्तिको हकमा स्वदेश फर्केपछिको मितिबाट हदम्यादको गणना गरिन्छ। अरुको अपहरण, कब्जा वा नियन्त्रणमा रहेको व्यक्तिको हकमा त्यस्तो नियन्त्रणको अवस्थाबाट मुक्त भएपछि मात्र उसको हकमा हदम्याद सुरु हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कानुनमा यस प्रकारको व्यवस्था गर्नुको पछाडि अन्यायमा परेको व्यक्ति न्यायिक उपचार खोज्ने अवसरबाट वञ्चित हुनु नपरोस् भन्ने हो। अपराधको अनुसन्धानमा प्रमाणको उपलब्धता सहज रहोस् र अभियोजन प्रमाणमा आधारित बनोस् अनि अदालतबाट प्रमाण र कानुनको आधारमा दोषीलाई दण्ड दिन सकियोस् भन्ने अभिप्राय पनि हो। 

दोषीलाई दण्डित गरिँदा दोषीले गरेको अपराध कर्मको प्रायश्चित अनुभूत गरोस्, पीडितले क्षतिपूर्तिसहित न्याय प्राप्तिको महसुस गरोस् अनि समाजका अरु व्यक्तिहरूले त्यसबाट शिक्षा लिउन् र अपराधकर्मबाट आफूलाई अलग्गै राखुन् भन्ने नै फौजदारी न्यायमा दण्डको सिद्धान्त हो। जबरजस्ती करणीजस्तो गम्भीर प्रकृतिको मुद्दामा प्रचलित कानुनमा भएको एक वर्षको हदम्याद बढाउनुपर्छ भन्ने बहसले पछिल्लो समय चर्चा पाउने गरेको छ। तर, हदम्याद बढाउने बहसभन्दा दिइएको हदम्याद के कारणले अपर्याप्त छ भन्नेतिर बढी जोड दिनुपर्छ। एक वर्षसम्मै कसैले कसैलाई बन्धक बनाएर यौन शोषण गर्‍यो भने बन्धकबाट मुक्त भएको मितिले थप हदम्याद गणना हुन्छ। 

अशक्त अवस्था भइ उपचार गर्नुपर्ने हो भने त्यसपछि मात्रै उसको हकमा हदम्याद सुरु हुन्छ। नाबालक हो भने बालिग भएपछि मात्र हदम्याद सुरु हुन्छ वा उसको अभिभावकले सुरुमै उजुरी गर्न सक्छ। घटना लगत्तैको उजुरीले प्रमाणको ताजगीलाई मजबुत बनाउँछ भने बिलम्बको उजुरीले परिणामको प्राप्तिलाई दुरुह बनाउँछ। 

उजुरी गर्नु मात्रै सफलता होइन, उजुरीलाई न्यायिक निष्कर्षमा पुर्‍याउनु उजुरीको उपादेयता हो। उजुरीका लागि सम्बद्ध कानुनमा भएको हदम्यादको विस्तार गर्दा घटनास्थलबाट तत्काल प्राप्त हुनसक्ने प्रमाणको लोपको अवस्थालाई विस्तारित हदम्यादले कसरी सम्बोधन गर्न सक्छ, त्यसतर्फ पनि विधिकर्ताको ध्यान जानु जरुरी देखिन्छ। 

विश्वमा जबरजस्ती करणीजस्तो गम्भीर प्रकृतिको अपराधमा उजुर गर्ने हदम्याद नै नभएका कानुन भएका मुलुक पनि छन् भने एक वर्षभन्दा कम समय अवधिको हदम्यादको कानुन भएका मुलुकहरू पनि छन्। ती मुलुकमा पनि न्याय विवादित छ। हदम्यादले मात्र न्याय सुनिश्चित गर्दैन।  हदम्यादले न्याय परास्त गर्नु हुँदैन भने अपराधलाई अनिर्णित अवस्थामा लामो समयसम्म अल्झाइरहनु पनि हुँदैन। त्यसको समयोचित निदान हुनै पर्छ। जाहेरी अपराधको नितान्त पहिलो सूचना हो। जाहेरी दर्ता गर्न नै ठूलो युद्ध जितेको महसुस गर्नुपर्ने जस्तो प्रकृतिको प्रवृत्तिलाई सुधार गर्नुपर्छ।

जाहेरी प्रहरीमा मात्र होइन सरकारको प्रतिनिधित्व गर्ने हरेक स्थानीय तहका वडा कार्यालयहरूमा पनि सहज तरिकाले दर्ता गर्न सक्ने व्यवस्था गरौं। गम्भीर प्रकृतिका कसुर अपराधमा जाहेरी सम्बन्धित व्यक्तिले मात्र होइन देख्ने, सुन्ने, जान्ने जोसुकैले पनि दर्ता गर्न सक्ने गरौं। जाहेरी दिन स्वयम् सशरीर उपस्थित हुनु नपर्ने गरी अनलाइन, ई-मेल, भ्वाइस मेलबाट पनि दिइएको अपराधको सूचनालाई ग्रहण गर्ने पद्धतिको विकास गरौं। कानुनको बारेमा नागरिक तहमा बढीभन्दा बढी जानकारी गराऔं।

अन्याय गर्नु हुँदैन र अन्याय सहनु पनि हुँदैन भन्ने भावलाई सबैले मनन गर्ने गरौं। चोट लाग्दा दुख्नेले तुरुन्तै ऐया गर्छ। सोचीसम्झी ढिलो गरी ऐया गर्दा घाउको दुखाइमा सन्देह पैदा हुन्छ। कानुनप्रतिको दृष्टिकोण समग्रतामा आधारित हुनु पर्छ। घटनापिच्छेको फरक दृष्टिकोणले कानुनप्रतिको भ्रम अरु बढ्ने जोखिम रहन्छ। यसतर्फ विधिनिर्माता विधायकहरू बढी गम्भीर हुनुपर्छ। प्रचलित कानुन जे छ, मान्नु त सबैले पर्छ। तर, मान्नुभन्दा पहिले कानुन जान्नु पनि पर्छ। कानुन जान्नु र मान्नु दुवै नागरिकको कर्तव्यभित्रै पर्छ।

(रावल जिल्ला अदालत चितवनका मुख्य न्यायाधीश हुन्)

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त रावल
लेखकबाट थप
सुधारको पर्खाइमा रहेका बालबालिका र सुधारिन नसकेका बाल सुधारगृहहरु
निर्दोषिताको सिद्धान्त र हाम्रो अभ्यास 
बढ्दो सम्बन्धविच्छेद : कस्तो प्रभाव परिरहेको छ समाजमा ? 
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्