काठमाडौं– ग्याब बुलेटमा लागेको आगो नियन्त्रणमा आएसँगै चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दुई तर्फी सुचारु भएको छ।
शुक्रबार मध्यान्हतिर नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्रकिलो भन्ने ठाउँमा ग्यास बुलेटमा आगो लागेको थियो। नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगो लागेपछि सडक अवरुद्ध भएको थियो।
प्रहरीले सूचना जारी गर्दै आगो नियन्त्रणमा नआउँदासम्म सवारी सञ्चालन नहुने जनाएको थियो। तर, अहिले आगो नियन्त्रणमा आएर दुईतर्फी नै सवारी आवतजात सुचारु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।