काठमाडौं– सल्यानको बागचौर नगरपालिका–८ मा बस दुर्घटना भएको छ। बागचौर गजौरामा बस दुर्घटना भएको हो। दुर्घटनामा ७ जना घाइते भएका छन्।
घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए। बाँकी ६ जना घाइतको अवस्था सामान्य रहेको र स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको उनको भनाइ छ।
सल्यानबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको बस दुर्घटना भएको हो। टिपर बिग्रेर बाटो अवरोध भएको जानकारी पाएपछि रोकेर ओड लगाएर बाटो हेर्न जाँदा बस गुडेको थियो। ओरालो ठाउँ भएकाले ओड चिप्लेर गुडेको बस भित्ता ठोक्किएका ठूलो दुर्घटना हुनबाट जोगिएको खनालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।