तस्बिर : दिनेश थापाको फेसबुकबाट।
काठमाडौं– सिन्धुपाल्चोकमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत पर्ने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित दुईकिलो नजिकै बुधबार राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो।
सडकखण्डबाट एम्बुलेन्स खसेर सडकमुनिको टहरमा पर्दा त्यहाँ सुतिरहेकी ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकी खड्काको उपचारका लागि अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।