काठमाडौं- रुस र युक्रेन बीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ।
नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले नयाँ सरकार गठनसँगै सङ्कटकाल घोषणा गरेका हुन्। उनले घोषणा गरेको आदेश यही मे २४ को मध्यरातदेखि लागू हुने घोषणामा उल्लेख गरिएको छ।
सङ्कटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित हुने पनि उनले जानकारी दिए।
रुस र युक्रेन बीचको द्वन्द्व निरन्तर चलिरहेकाले सङ्कटकाल घोषणा गर्नु परेको प्रधानमन्त्री अर्वानको भनाई छ।
दुई देशको द्वन्द्वका कारण आर्थिक सङ्कट बढ्दै गएकाले आर्थिक सङ्कट न्यूनिकरणका लागि सङ्कटकालले सहयोग गर्ने हङ्गेरीको सरकारले आशा गरेको छ।
ती देशको द्वन्द्वका कारण विश्वका अरु पनि धेरै देशमा आर्थिक सङ्कट उत्पन्न हुनुका साथै अभाव र महङ्गी सृजना भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।