• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आत्मसमीक्षा गर्ने समयमा आशंका गरिरहेका ओली

ओलीको आकलन फेल, एमाले प्रदेश अध्यक्षहरुको ब्रिफिङ बमोजिम नतिजा
64x64
डिबी खड्का बुधबार, जेठ ११, २०७९  २१:२५
1140x725
फाइल तस्बिर

काठमाडौं-  अनपेक्षित नतिजाका कारण ओलीले स्थानीय तहको चुनावपछि सार्वजनिक रुपमा राजनीतिक टिप्पणी गरेका छैनन्। तर, बुधबार आयोजित एमाले संसदीय दलको बैठकमा उनले निर्वाचन संक्षिप्त समीक्षा गरे। एमाले सांसदहरुका अनुसार पार्टीको हारलाई उनले नेतृत्वको 'कमजोरी'का रुपमा स्वीकारेका छैनन्। बरु यसलाई 'अन्तरघात' र 'खराब ट्रेन्ड' को संज्ञा दिएका छन्। 

ओलीको भनाइ उद्घृत गर्दै नेकपा एमालेका नेता शेरबहादुर तामाङले स्थानीय चुनावमा पार्टीले प्रमुख पदमा उठाएका उम्मेदवारलाई मत नदिने खतरनाक प्रवृत्ति बढेको प्रतिक्रिया दिएका छन्। संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता तामाङले भने,  'अहिले निर्वाचनमा पालिका हुन् वा वडा, तल्लो सेटमा पूरै मत दिने तर मुख्य पदमा मत नदिएको पाइयो। यो खतरनाक प्रवृत्ति कसरी हाम्रो पार्टीभित्र प्रवेश भयो यसबारेमा तल्लो तहसम्म गम्भिर समीक्षा हुनेछ।’ 

खण्डित आत्मविश्वास
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनअघि भेट्न पुग्ने एमाले नेताहरुले भन्थे, 'गठबन्धनले बिगार्ने भो।' यस्तो भन्दै आफूकहाँ पुग्नेहरुलाई उल्टै हप्काउँदै ओलीले भन्थे, 'जनताले सूर्यबाहेक अन्त भोट किन हाल्छन्?' 

स्थानीय निर्वाचनको परिणाम अन्तिम चरणमा पुग्दा ओलीको यो आत्मविश्वास खण्डित भएको छ। गठबन्धनले बिगार्ने अनुमान गरेर आन्तरिक ब्रिफिङ गर्ने प्रदेश अध्यक्षहरु आंकडा नजिक छन्। गठबन्धन हुँदा २३ सिट जित्ने सुदूरपश्चिमले बरु २ बढाएर २५ पुर्‍याएको छ। कर्णालीले गठबन्धनका कारण १२ स्थान गुमाएर १५ मा सीमित हुने प्रक्षेपण ठ्याक्कै मिलाएको छ। यो ब्रिफिङ चैत ९ र १० गते काठमाडौंमा आयोजित केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरुबाट भएको थियो।

भूगोलसँग जोडिएकका नेताहरुको यस्तो ब्रिफिङपछि पनि ओली भने रोकिएनन्। त्यसभन्दा अघि बढेर अध्यक्ष ‌उनको अभिव्यक्ति हुन्थ्यो- 'यदि एउटा तराजुमा एकएक किलोका पाँचवटा ढक एकातिर राख्नुभयो, अनि क्विन्टलको ढक अर्कातिर राख्नुभयो भने के हुन्छ? नेकपा एमाले क्विन्टलको ढकजस्तो हो, गठबन्धन भनेका एकएक किलोका ढक जस्तो हो।' 

२०७४ सालको निर्वाचनमा  ४५ प्रतिशत पहिलो दल बनेको एमालेले यसपल्ट ६० देखि ७० प्रतिशत जित्ने ओलीको आकलन थियो। वैशाख ३० अघि आयोजित विभिन्न कार्यक्रममा उनले यो अभिव्यक्ति दोहोर्याइरहेका थिए। 

ओलीको आंकलन मिलेन। नेकपा एमालेले बुधबारसम्म २ सय ३ पालिका जितेको छ भने २ पालिकामा अग्रता लिइरहेको छ। नेपाली कांग्रेसले एमाले भन्दा १ सय २० पालिका बढी जित्दै ३२५ पुर्‍याएको छ र तीनमा अग्रता कायम छ। 

प्रदेश अध्यक्षको ब्रिफिङअनुसार नतिजा
चैतमा भएको एमाले केन्द्रीय कमिटी बैठकमा कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले गठबन्धन नहुँदा बिगतको तुलनामा सिट संख्या बढेर २९ पुग्ने दाबी गरेका थिए। तर, गठबन्धन भएमा भने १२ वटा पालिका गुमाएर १५ मा झर्ने उनको विश्लेषण थियो। बैठकमा रिपोर्टिङ गर्दै उनले भनेका थिए, 'कर्णालीका ७९ पालिकामध्ये गठबन्धन नहुँदा २९ वटा पालिका जितिन्छ तर सत्ता गठबन्धन भएमा १५ वटामात्रै जित्ने स्थिति छ' उनले आकलन मिलेको छ। कर्णालीमा एमालेले १५ वटा पालिका जितेको छ। 

nimb
nimb

यसैगरी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दामोदर भण्डारीले एमाले अवस्था २०७४ सालको भन्दा राम्रो रहेको ब्रिफिङ गरेका थिए। उनले गठबन्धन नभएमा आफूहरुले ३८ पालिकाको नेतृत्व जित्ने बताएका थिए। ३० मा भने तीव्र प्रतिस्पर्धा हुने उनको भनाइ थियो। गठबन्धन भयो भने आफूहरुले २३ पालिकाको नेतृत्व जित्ने ४६ पालिकामा आफूहरु प्रतिस्पर्धी बन्ने तथ्यांक अघि सारेका थिए। 
सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८७ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले ४०, नेकपा (एमाले)ले २५ जितेको छ। गठबन्धनपछि पनि उनले अनुमान गरे भन्दा दुई पालिका बढी एमालेले जितेको छ। 

अनुमान गरे वरपर रहेको अर्को प्रदेश हो गण्डकी। गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले बैठकमा पार्टी विभाजित भए पनि गण्डकीमा पार्टी बलियो नै रहेको बताएका थिए। एमाले यसअघि ३९ स्थानीय तहमा जित निकालेकोमा गठबन्धन नहुँदा केही सिट बढ्ने उनको दाबी थियो। सत्ता गठबन्धन कायम रहे १२ सिट गुम्न सक्ने उनको भनाइ थियो। तर एमालेले त्यहाँ उनले अनुमान गरेअनुसार क्षति बेहोरेन। यसपल्ट जम्मा ४ सिट गुमाएर एमालेले ३५ पालिका जितेको छ। 

बागमती प्रदेशका अध्यक्ष केशव पाण्डेले रिपोर्टिङ गर्दै स्थानीय तहको चुनावमा गठबन्धन नहुँदा ८० सिट जित्ने दाबी गरेका थिए।  गठबन्धन भएको अवस्थाको आंकलन उनले गर्न सकेनन्। बागमतीमा एमालेले २६ पालिकामा प्रमुख  जितेर तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ। 

प्रदेश १ का एमाले अध्यक्ष तुलसीप्रसाद न्यौपाने बैठकमा प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए। उनले पार्टी विभाजनपछि बेनको एकीकृत समाजवादीको असर न्यून रहेको दाबी गरेका थिए। उनको ब्रिफिङ जस्तै गठबन्धनले क्षति पुर्‍याए पनि विभाजनले हानी न्यून गरेको देखियो। एमालेले अहिलेसम्म ४७ स्थानीय तह जितेको छ।

मधेस प्रदेशका अध्यक्ष रामअवतार यादवले प्रदेशमा पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए। तर मधेश प्रदेशमा राजनीतिक संक्रमणको स्थिति भएकाले शक्ति शन्तुलनको स्थिति ठोस अनुमान गर्न उनले सकेनन्। मधेश प्रदेशमा पार्टी प्रवेशको लहर चलेको र पहिलाको भन्दा अवस्थामा सुधार आएको उनको दाबी मिलेको छ। २०७४ सालमा मधेशमा पाचौं शक्ति बनेको एमाले यसपल्ट दोस्रो शक्ति भएको छ। 

लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले एक्ला-एक्लै प्रतिष्पर्धा ६५ स्थानीय तहमा जित निकाल्न सकिने दाबी गरेका थिए। तर अरु दलले गठबन्धन गरेको खण्डमा भने ४१ सिटमा खुम्चिने सम्भावना उनले सुनाएका थिए। एमालेको अनुमानले सवैभन्दा बढी धोका यही प्रदेशमा खाएको छ। जम्मा २७ वटा पालिका जितेको छ। 

आत्मसमीक्षा गर्ने कि आशंका?
हरेक चुनावलाई परीक्षाका रुपमा लिएर त्यसबाट प्राप्त नताजाअनुसार पार्टी र पार्टी नेतृत्वले आफूलाई सच्याउन अपेक्षा गरिन्छ। प्राप्त नतिजाले एमालेलाई दोस्रो स्थानमा खुम्च्याएको छ। पार्टीले जित्दा पाउने जस पनि अध्यक्ष ‌ओलीकै भागमा बढी पर्छ भने हार्दा अपजस पनि उनले बढी स्वीकार्नुपर्छ। 

तर, एमालेले यो हारको वास्तविक कारण लुकाउन 'अन्तरघात'को लेप लगाउने सम्भावना बढेको छ। ओलीले बुधबार संसदीय दलको बैठकमा अन्तरघातका कारण हार्नुपरेको बताएका छन्।  'यसपल्ट धेरै ठाउँमा अन्तरघात भयो। माओवादी  र समाजवादीमा भएन। कांग्रेसमा कम भयो। हाम्राले कताबाट सिके, समीक्षा हुन्छ,' ओलीले बैठकमा गरेको सम्बोधन उद्धृत गर्दै एक नेताले नेपाल लाइभसँग भने। 

कतिपय ठाउँमा कारबाही प्रक्रियासमेत सुरु भइसकेको छ भने अन्य 'कारबाही गर्नुपर्ने' एमाले नेता खोज्ने 'फर्म्याट' तयार गरिएको छ। जुन ओरालो यात्रामा रहेको एमालेका लागि आत्मघाती कदम हो।

अन्तरघात भएको प्रमाणका रुपमा 'क्रस मतदान'लाई लिइएको छ। 'अहिले निर्वाचनमा पालिका हुन् वा वडा, तल्लो सेटमा पूरै मत दिने तर मुख्य पदमा मत नदिएको पाइयो। यो खतरनाक प्रवृत्ति कसरी हाम्रो पार्टीभित्र प्रवेश भयो यसबारेमा तल्लो तहसम्म गम्भिर समीक्षा हुनेछ’, ओलीको भनाइ उद्घृत गर्दै एक एमाले भने। 

जबकी स्थानीय तहमा सैद्धान्तिक मात्रै होइन, 'व्यवहारिक' मतदान पनि उत्तिकै हुने देखिएको छ। साथै पार्टीले तय गरेका उम्मेदवारको क्षमतालगायतले पनि 'क्रस मतदान'मा योगदान गर्छन्। 
केही महिनामै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। एमालेले आफूलाई अझ बलियो रुपमा पेस गर्नका लागि शीर्ष नेतृत्वले आत्मसमीक्षा गर्नुपर्छ। तर, बुधबार ओलीले गरेको ब्रिफिङबाट आशंका गर्न थालिएको प्रतीत भएको छ। 

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  २१:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
विदेशी सहयोग अस्वीकार गरेका छैनौं : प्रधानमन्त्री शाह ‘विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र... शुक्रबार, भदौ १२, २०८३
उद्धारको प्रतिक्षामा रहेका प्रत्येक नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने ‘ सरकार सवै नागरिकसम्म पुग्छ ’ उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको, हालसम्म ४,४५१ जनाको उद्धार गरिएको, नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा... शुक्रबार, भदौ १२, २०८३
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्