काठमाडौं– फरवार्ड सुनिल क्षेत्री ६ महिनाको विश्रामपछि भारतीय राष्ट्रिय फुटबल टिममा फर्किएका छन्।
गत अक्टुबरमा नेपालसँग भएको साफ च्याम्पियनसिपको फाइनल खेलेयता उनी टिममा सहभागी थिएनन्।
क्षेत्रीलाई २८ मेमा जोर्डनविरूद्ध कतारको दोहामा आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि टिममा बोलाइएको हो।
भारतीय राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमेकका अनुसार उनलाई कोलकातामा भइरहेको ट्रेनिङको बेला टिममा बोलाइएको हो।
३७ वर्षीय क्षेत्रीले साफ च्याम्पियनसिपको फाइनलमा नेपाललाई ३–० ले पराजित गर्न महत्वपूर्ण योगदान गरेका थिए।
क्षेत्रीसँगै फरवार्ड लाइनमा इसान पण्डितको पनि टोलीमा फर्किएका छन्। दुवैले विपी सुधीन र रहिम अलीको ठाउँ लिने छन्।
भारत अहिले एएफसी एसिया कपको फाइनल चरणको छनोटका लागि तयारी गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।