काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गुणस्तरीय, उन्नत तथा वर्णशंकर बीउ विकास गरि आत्मनिर्भर बन्ने नीति लिएको छ।
मंगलबार प्रतिनिधिसभा राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उक्त विषय उल्लेख छ।
नीति तथा कार्यक्रममा खाद्य वस्तुको उत्पादन बढाउने तथा प्रशोधन लागत घटाउन कार्यक्रम ल्याउने उल्लेख गरिएको छ।
सँगै सरकारले गुणस्तरीय, उन्नत तथा वर्णशंकर बीउ विकास गरि बीउ बिजनमा आत्मनिर्भर हुने कार्यक्रम पनि समावेश गरेको छ।
सरकारले जलवायु परिवर्तनको प्रभावलाई धान्न सक्नेगरि वातावरण अनुकूलनमैत्री स्थानीय बीउ बिजनको अनुसन्धान र विकासमा जोड दिने भएको छ।
‘खाद्य वस्तुको उत्पादन बढाउने तथा प्रशोधन लागत घटाउने कार्यक्रम ल्याइने छ,’ कार्यक्रममा भनिएको छ, ‘गुणस्तरीय, उन्नत तथा वर्णशंकर बीउ विकास गरि बीउ बिजनमा आत्मनिर्भर हुने र जलवायु परिवर्तनको प्रभावलाई धान्न सक्नेगरि वातावरण अनुकूलनमैत्री स्थानीय बीउको अनुसन्धान र विकासमा जोड दिइनेछ।’
नीति तथा कार्यक्रममा अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्ने पनि उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।