काठमाडौं- सरकारले कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रुपमा विकास गर्ने भएको छ। मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ।
राष्ट्रपतिले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम भनिएको छ- 'नयाँ राष्ट्रिय कृषि नीति तर्जुमा गरी कृषि अनुसन्धान यान्त्रिकीकरण, व्यवासायीकरण र जलवायु अनुकूलन प्रविधिको प्रबर्द्धन गरिनेछ।'
कृषि क्षेत्रको आधुनिकीकरण गरी आर्थिक वृद्धिको आधारलाई बलियो बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ। त्यस्तै, कृषक संरक्षण नीति लिइने बताइएको छ। 'उत्पादनको आधारमा कृषि अनुदान प्रवाह गरिनेछ', भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।