काठमाडौं– सरकारले देशमा पहिचान भएका गरिब तथा विपन्न घरपरिवारलाई ‘राज्य सुविधा परिचय पत्र’ वितरण गर्ने जनाएको छ। मंगलबार संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत नीति तथा कार्यक्रममा २०८९ सालभित्र दिगो विकासको लक्ष्य प्राप्त गर्ने पनि बताइएको छ।
देशमा भएका र पहिचान गरिएका गरिब तथा विपन्न परिवारलाई उनीहरुले पाउने सेवा सुविधा प्राप्तीका लागि ‘राज्य सुविधा परिचय पत्र’ वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
उक्त पत्रसँगै सरकारले गरिब तथा विपन्न घर परिवार लक्षित गरेर सञ्चालन गर्ने सेवा सुविधालाई आवद्ध गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रममा भनिएको छ, ‘पहिचान गरिएका गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचय पत्र वितरण गरि गरिब तथा विपन्न घरपरिवार लक्षित सेवा सुविधालाई सोही परिचय पत्रसँग आवद्ध गरिनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।