काठमाडौं– सरकारले २०८९ भित्रै नेपालले दिगो विकासको लक्ष्य प्राप्त जनाएको छ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘२०८९ भित्रै दिगो विकासको लक्ष्य प्राप्त गर्ने र मध्यम आय भएको मुलुकमा पुग्ने लक्ष्य लिएको छ।’
सन् २०२६ मा नेपाल कम विकसित मुलुकबाट स्तरोन्नती हुने सरकारको भनाइ छ। स्तरोन्नतीको प्रभाव व्यवस्थापन गर्न थप कार्ययोजना ल्याइने नीति तथा कार्यक्रममा भनिएको छ।
‘नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नती हुने छ। स्तरोन्तीको प्रभाव व्यवस्थापन गर्न थप कार्ययोजना ल्लाइने छ’ नीति तथा कार्यक्रममा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।