काठमाडौं– सरकारले निजी क्षेत्र र सरकारकाबीचमा संयुक्त प्रयास गरेर तीव्र विकासमा काम गर्ने नीति लिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ।
कोभिड महामारीले बाहिरी क्षेत्रमा चाप परेपछि पछिल्ला महिनामा विप्रेषणमा सुधार भएको भन्दै सरकारले थप सवल बनाउदै लैजानुपर्ने देखिएको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
‘सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट तीव्र विकासको लक्ष्य हासिल गर्नुपर्ने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘अर्थतन्त्रमा परेको चापलाई कम गर्न सबैले मिलेर अघि बढ्नुपर्ने देखिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।