काठमाडौं– सरकारले संघीयताको सुदृढीकरण र सुशासनलाई प्राथमिकतामा राखिने जनाएको छ। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा संघीयताको सुदृढीकरण र सुशासनलाई प्राथमिकतामा राखिने जनाइएको छ।
नीति तथा कार्यक्रममा उत्पादन र उत्पादकत्व बृद्धि, खानेपानी तथा विद्युत् पहुँच गरिने उल्लेख गरिएको छ।
सरकारले गरिबीको दरमा कमी गरिने उल्लेख गरेको छ। ठूला तथा महत्वपूर्ण पूर्वाधार निर्माणका लागि उपयुक्त लगानी, सार्वजनिक र निजी क्षेत्र सँगको साझेदारमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ।
विकास आयोजना कार्यान्वयनलाई सहजीकरण गर्नका लागि नतिजामा आधारित विकास सम्बन्धी छुट्टै कानून निर्माण गरिने उल्लेख छ।
ठेक्का पट्टामा आउने समस्यलाई निराकरण गर्न कानुनमा संशोधन गर्ने तर्फ पनि सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।