काठमाडौं– चालु आर्थिक वर्षमा ३२५ किलोमिटर कालोपत्रे सडकको निर्माण गरेको सरकारले जनाएको छ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘यसवर्ष ३२५ किमी कालोत्रे सडक तथा १०० पुलको निर्माण भएको छ।’
सँगै सरकारले विभिन्न ठाउँमा सिचाईंको व्यस्था गर्दै १२ हजार ६ सय हेक्टर जमिनमा सिचाईंको सुविधा उपलब्ध गराएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
मेलम्ची आयोजन पुर्न सञ्चालनमा आएसँगै थप ८५ हजारलाई खानेपानी व्यवस्था उपलब्ध गराइएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।