काठमाडौं- सरकारले छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सुदृढ भएको निष्कर्ष निकालेको छ। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ।
'वर्तमान सरकारले छिमेकी र सबै मित्रराष्ट्रसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको छ। प्रधानमन्त्रीको भारतको औपचारिक भ्रमण, भारतका प्रधानमन्त्रीको लुम्बिनी भ्रमण र चीनका विदेश मन्त्रीको नेपाल भ्रमणबाट छिमेकी मित्रराष्ट्रसँगको सम्बन्ध थप सुदृढ भएको छ', नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यस्तै, ल्हास्कोमा सम्पन्न जलवायु परिवर्तनसँग सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २६ मा प्रधानमन्त्रीको नेतृत्वमा सहभागी भई नेपालले जलवायु परिवर्तनमा महत्त्वपूर्ण प्रतिबद्धता व्यक्त गरेको भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।