काठमाडौं–सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध भइ दिगो विकासका लागि थप आधार तयार भएको बताएकी छन् ।
संघीय संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएकी हुन्। स्थानीय तहहरू जनताको अधिकार कार्यान्वयन गर्ने निकाय भएकाले यसको निर्वाचन सफल रुपमा सम्पन्न हुनु लोकतन्त्रका लागि खुशीको कुरा भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।