काठमाडौं– नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ। सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो।
मंगलबार बस्ने प्रतिनिधिको बैठकमा सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गर्ने नीति तथा कार्यक्रम मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकबाट पारित भइसकेको छ।
माओवादी केन्द्रले नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटका विषयमा साझा धारणा निर्माण गर्न संसदीय दलको बैठक बोलाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।