काठमाडौं– मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षका लागि तयार पारिएको नीति तथा कार्यक्रम पारित गरेको छ। केही समयअघि बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो।
पारित भएको नीति तथा कार्यक्रम आजै संसद्मा पेस गरिनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुका ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेस गर्नेछिन्।
संवैधानिक व्यवस्था अनुसार जेठ १० गतेसम्म सरकारले नीति तथा कार्यक्रम संसद्मा पेस गरिसक्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।