काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका–२ का बिमल कार्कीको २०७९ बैशाख २८ गते राति खोक्लिङको दुङ्जामा भिरबाट लडेर मृत्यु भएको घटनाको छानबिन गर्ने बताएका छन्।
एमाले नेता एवं ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँग मंगलबार गृह मन्त्रालयमा कुराकानी गर्दै गृहमन्त्री खाणले छानबिनमा कोही दोषी देखिएका कारबाही गर्ने प्रतिबद्धता जनाए।
‘नागरिकको जीवन रक्षा गर्ने सरकारको दायित्व हो। ताप्लेजुङमा बैशाख २८ गते राति भएको घटनाको निष्पक्ष छानबिन हुन्छ,’ गृहमन्त्री खाणले भने, ‘छानबिनका क्रममा कोही दोषी देखिए कानुनअनुसार कारबाही हुन्छ ।’
प्रतिनिधि मण्डलका तर्फबाट प्रतिनिधि सभा सदस्य एमाले नेता भट्टराईले कार्की मृत्युको घटनाको विषेश रूपमा शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरे। उनले घटनाबारे छानबिन गर्न माग गर्दै गृहमन्त्री खाणलाई लिखित पत्र पनि बुझाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।