काठमाडौं- जर्मन बुन्डेसलिगा क्लब वायर्न म्युनिखका गोलकिपर म्यानुअल नुयुरले क्लबसँग सम्झौता नविकरण गरेका छन्।
जर्मनीका ३६ वर्षीय नुयुरले वायर्नसँग सन् २०२४ सम्मका लागि सम्झौता नविकरण गरेका हुन्। उनी २०११ देखि वायर्नमै छन्।
उनी खुट्टाको चोटका कारण यस सिजन केही समय मैदानबाट बाहिर रहेका थिए। यस सिजन उनले बुन्डेसलिगामा १० क्लिन सिट राखेका थिए।
‘बायर्नसँगको यात्रालाई निरन्तरता दिन पाउँदा म निकै खुसी छु। अहिले निकै राम्रो टिम छ र हामी सबैखाले उपाधि लागि प्रतिस्पर्धा गर्न तयार छौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।