• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्थानीय तह निर्वाचन : एमाले विभाजन स्वीकार कि अस्वीकार?

64x64
नेपाल लाइभ मंगलबार, जेठ १०, २०७९  ०९:१५
1140x725

काठमाडौं- नेकपा एमालेलाई विभाजित गरेर पार्टीका पूर्वप्रमुखद्वय माधवकुमार नेपाल र झलनाथ खनालको नेतृत्वमा गत भदौमा नेकपा एकीकृत समाजवादी गठन भयो। सो पार्टीलाई टिक्नै नदिनका लागि एमालेले लामो समयसम्म प्रयास गरिरह्यो। प्रतिनिधि सभाका लगातार दुईवटा अधिवेशनको अवरोध त्यसकै एउटा अंग थियो।

चुनावको मुखमा पनि एमाले नेताहरुले सो पार्टीलाई पार्टीको रुपमा स्वीकार गरेनन्, कतिपय ठाउँमा नाम पनि लिएनन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले त एकीकृत समाजवादीलाई उनकै शब्दमा 'माकुने गुट' भनिरहे, पार्टी नै नबनेको ठोकुवा गरिरहे।

तर एकीकृत समाजवादीले १९ वटा पालिकाका नेतृत्व जितिसकेको छ। उपप्रमुख र अन्य पदहरु पनि जितेको छ। कैयौँ ठाउँमा गठबन्धनको आडमा निर्वाचन जितेको भए पनि सो पार्टीले आफ्नो अस्तित्व देखाएको छ।

कैयौँ पालिकामा त एकीकृत समाजवादीले एमालेकै उम्मेदवारलाई पराजित गरेका पनि छन्। रौतहटको गौरमा एकीकृत समाजवादीका उम्मेदवारले कांग्रेस, एमाले तथा माओवादी केन्द्र जस्ता दलका उम्मेदवारलाई नै पराजित गरेका थिए। सल्यानको कपुरकोट गाउँपालिका, मुगुको सोरु, उदयपुरको उदयपुरगढी गाउँपालिका लगायतका अन्य पालिकामा एमालेकै उम्मेदवारलाई पराजित गरेका छन्। यद्यपि, कैयौँ ठाउँमा एकीकृत समाजवादीले कांग्रेस वा माओवादी केन्द्रसँग तालमेल गरेको देखिन्छ।

गठबन्धनको हिसाबबाट नेकपा एकीकृत समाजवादीको पक्षमा आएको परिणाम सन्तोषजनक नभएको सो पार्टीका सचिव जीवनराम श्रेष्ठ बताउँछन्। तर पार्टीको अहिलेको अवस्थामा आएको मत भने सन्तोषजनक भएको उनको भनाइ छ। 'हामीले पार्टी गठन गरेपछि संगठन विस्तारको काम यही चार महिनामा मात्रै गर्यौँ । त्यस हिसाबले चाहिँ जनताले हामीलाई जुन खालको साथ र समर्थन दिए। यसले पार्टीप्रति जनताको समर्थन पाएको देखिन्छ। यो सन्तोषजनक छ', नेपाल लाइभसँग कुरा गर्दै उनले भने।

Ncell 2
Ncell 2

सोमबार बेलुकासम्म एमालेले पनि १९८ पालिकाको नेतृत्व जितिसकेको छ। ७ पालिकामा अग्रता लिएको छ। अघिल्लो निर्वाचनमा उसले २९४ पालिकाको नेतृत्व जितेको थियो। समग्रमा उसलाई करिब ९० पालिकाको नेतृत्व घाटा लागेको देखिन्छ। यसका लागि अन्य कारण पनि छन् तर धेरै हदसम्म एकीकृत समाजवादीको गठन र त्यसबाट सिर्जित परिस्थितिले भूमिका खेलेको चर्चा पनि भइरहेको छ। जुन अवस्वभाविक होइन।

तर एकीकृत समाजवादीले जुन उपस्थिति देखाएको छ। त्यसलाई एमालेले उल्लखेनीय ठानेको छैन। उसले त विभाजनकारीहरुलाई जनताले उचित फैसला दिएको निष्कर्ष निकालेको छ। जेठ ३ गतेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यसबारे चर्चा गरेका थिए। 'भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनले अदालतले कारबाही नगरे पनि जनताले फैसला उचित ढंगले गरेका छन् भन्ने मलाई लाग्छ। विभाजनका कारकहरुको परिणाम हामीले हेरिरहेका छौँ', ज्ञवालीको भनाइ थियो।

एकीकृत समाजवादीका सचिव श्रेष्ठ भने जनताले आफूलाई नभइ एमालेलाई सजाय दिएको तर्क गर्छन्। एमाले लक्षित उनको भनाइ छ- 'नेपाली जनताले मुलुकलाई प्रतिगामी दिशामा लैजाने, लोकतन्त्र विरोधी, संविधान समाप्त गर्न चाहने शक्तिलाई समर्थन गरेन। बरु सजाय दियो भन्नेचाहिँ प्रष्ट छ।'

एमालेले भने आफ्नो 'हार'को कारण धाँधली भएको स्थापित गराउने प्रयत्न गरिरहेको छ। जेठ १ गते महासचिव शंकर पोखरेलले निकालेको विज्ञप्ति होस् वा जेठ ३ गते उपमहासचिव ज्ञवालीले प्रतिनिधि सभामा गरेको सम्बोधन होस्, निर्वाचनमा धाँधलीको चर्चा गरिएको छ। ज्ञवालीले त सत्ताको दुरुपयोगलाई रेकर्डमा रहन जरुरी छ भन्दै प्रतिनिधि सभा बैठकमै सम्बोधन गरेका थिए।

यो पनि पढ्नुहोस्

 

देशैभर मतगणना जारी रहँदा एमालेले लगायो धाँधलीको आरोप

'हामीलाई परिणामप्रतिको कुरा होइन। चौतर्फी घेराबन्दी, दुनियाँमा कहीँ नहुने सत्ताको गठबन्धनले प्रतिपक्षका विरुद्ध गर्ने गठबन्धनलाई चिरेर पनि हामीले जे परिणाम हासिल गरेका छौँ। त्यसमा हाम्रो कुनै गुनासो छैन। स्वस्थ र मर्यादित प्रतिस्पर्धाबाट यदि यो भन्दा पनि कमजोर हुनुपर्छ भने पनि हामी तयार छौँ। त्यसका लागि आत्मसमीक्षा गर्न तयार छौँ', ज्ञवालीको भनाइ थियो, 'तर, सत्ताको जुन ढंगको दुरुपयोग भएको छ। यी कुराहरु रेकर्डमा रहन जरुरी छ।'

उनले चुनौती पनि दिएका छन्- 'नेकपा एमालेलाई विभाजन गरेर लोकतन्त्रलाई बलियो बनाउने सपना जजसले देख्नुभएको छ। त्यो किमार्थ पूरा हुनेछैन। हामी धुलो टक्टक्याएर पनि फेरि उठ्नेछौँ।'

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्धारित समयमै चुनाव हुनुपर्नेमा डा. बाबुराम भट्टराईको जोड
निकोलस भुसाललाई अस्पताल लगियो
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई
सम्बन्धित सामग्री
निर्धारित समयमै चुनाव हुनुपर्नेमा डा. बाबुराम भट्टराईको जोड चुनाव हुँदैन, तयारी पुगेको छैन जस्ता कुरा गरेर अब हुँदैन । यो सरकारले २१ फागुनमा चुनाव गराउन सक्छ, प्रधानमन्त्री सुशीला कार्कीको नेत... बुधबार, पुस १६, २०८२
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई टाइम्स अफ इन्डियासँगको विशेष कुराकानीमा भट्टराईले नेपाल अझै पनि सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको र यहाँका राजनीतिक संस्थाहरू पूर्... बुधबार, पुस १६, २०८२
हाम्रा मुद्दाले जनताको समर्थन पाएको छ, निकट भविष्यमै पार्टीबाट पनि अनुमोदन हुनेछ : भट्टराई यो वेला हामीले गम्भीर समीक्षा गरी सही निकास दिनको लागि पनि धैर्यता आवश्यक रहेको उनले बताए । बुधबार, पुस १६, २०८२
ताजा समाचारसबै
निर्धारित समयमै चुनाव हुनुपर्नेमा डा. बाबुराम भट्टराईको जोड बुधबार, पुस १६, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई बुधबार, पुस १६, २०८२
सङ्घीय सरकारविरुद्ध मधेस सरकारले दिएको रिटमा आज पेसी बुधबार, पुस १६, २०८२
२४ घण्टापछि महेन्द्र राजमार्गमा यातायात सञ्चालन बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्