• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्थानीय तह निर्वाचन : एमाले विभाजन स्वीकार कि अस्वीकार?

64x64
नेपाल लाइभ मंगलबार, जेठ १०, २०७९  ०९:१५
1140x725

काठमाडौं- नेकपा एमालेलाई विभाजित गरेर पार्टीका पूर्वप्रमुखद्वय माधवकुमार नेपाल र झलनाथ खनालको नेतृत्वमा गत भदौमा नेकपा एकीकृत समाजवादी गठन भयो। सो पार्टीलाई टिक्नै नदिनका लागि एमालेले लामो समयसम्म प्रयास गरिरह्यो। प्रतिनिधि सभाका लगातार दुईवटा अधिवेशनको अवरोध त्यसकै एउटा अंग थियो।

चुनावको मुखमा पनि एमाले नेताहरुले सो पार्टीलाई पार्टीको रुपमा स्वीकार गरेनन्, कतिपय ठाउँमा नाम पनि लिएनन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले त एकीकृत समाजवादीलाई उनकै शब्दमा 'माकुने गुट' भनिरहे, पार्टी नै नबनेको ठोकुवा गरिरहे।

तर एकीकृत समाजवादीले १९ वटा पालिकाका नेतृत्व जितिसकेको छ। उपप्रमुख र अन्य पदहरु पनि जितेको छ। कैयौँ ठाउँमा गठबन्धनको आडमा निर्वाचन जितेको भए पनि सो पार्टीले आफ्नो अस्तित्व देखाएको छ।

कैयौँ पालिकामा त एकीकृत समाजवादीले एमालेकै उम्मेदवारलाई पराजित गरेका पनि छन्। रौतहटको गौरमा एकीकृत समाजवादीका उम्मेदवारले कांग्रेस, एमाले तथा माओवादी केन्द्र जस्ता दलका उम्मेदवारलाई नै पराजित गरेका थिए। सल्यानको कपुरकोट गाउँपालिका, मुगुको सोरु, उदयपुरको उदयपुरगढी गाउँपालिका लगायतका अन्य पालिकामा एमालेकै उम्मेदवारलाई पराजित गरेका छन्। यद्यपि, कैयौँ ठाउँमा एकीकृत समाजवादीले कांग्रेस वा माओवादी केन्द्रसँग तालमेल गरेको देखिन्छ।

गठबन्धनको हिसाबबाट नेकपा एकीकृत समाजवादीको पक्षमा आएको परिणाम सन्तोषजनक नभएको सो पार्टीका सचिव जीवनराम श्रेष्ठ बताउँछन्। तर पार्टीको अहिलेको अवस्थामा आएको मत भने सन्तोषजनक भएको उनको भनाइ छ। 'हामीले पार्टी गठन गरेपछि संगठन विस्तारको काम यही चार महिनामा मात्रै गर्यौँ । त्यस हिसाबले चाहिँ जनताले हामीलाई जुन खालको साथ र समर्थन दिए। यसले पार्टीप्रति जनताको समर्थन पाएको देखिन्छ। यो सन्तोषजनक छ', नेपाल लाइभसँग कुरा गर्दै उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

सोमबार बेलुकासम्म एमालेले पनि १९८ पालिकाको नेतृत्व जितिसकेको छ। ७ पालिकामा अग्रता लिएको छ। अघिल्लो निर्वाचनमा उसले २९४ पालिकाको नेतृत्व जितेको थियो। समग्रमा उसलाई करिब ९० पालिकाको नेतृत्व घाटा लागेको देखिन्छ। यसका लागि अन्य कारण पनि छन् तर धेरै हदसम्म एकीकृत समाजवादीको गठन र त्यसबाट सिर्जित परिस्थितिले भूमिका खेलेको चर्चा पनि भइरहेको छ। जुन अवस्वभाविक होइन।

तर एकीकृत समाजवादीले जुन उपस्थिति देखाएको छ। त्यसलाई एमालेले उल्लखेनीय ठानेको छैन। उसले त विभाजनकारीहरुलाई जनताले उचित फैसला दिएको निष्कर्ष निकालेको छ। जेठ ३ गतेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यसबारे चर्चा गरेका थिए। 'भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनले अदालतले कारबाही नगरे पनि जनताले फैसला उचित ढंगले गरेका छन् भन्ने मलाई लाग्छ। विभाजनका कारकहरुको परिणाम हामीले हेरिरहेका छौँ', ज्ञवालीको भनाइ थियो।

एकीकृत समाजवादीका सचिव श्रेष्ठ भने जनताले आफूलाई नभइ एमालेलाई सजाय दिएको तर्क गर्छन्। एमाले लक्षित उनको भनाइ छ- 'नेपाली जनताले मुलुकलाई प्रतिगामी दिशामा लैजाने, लोकतन्त्र विरोधी, संविधान समाप्त गर्न चाहने शक्तिलाई समर्थन गरेन। बरु सजाय दियो भन्नेचाहिँ प्रष्ट छ।'

Xtrem
Xtrem

एमालेले भने आफ्नो 'हार'को कारण धाँधली भएको स्थापित गराउने प्रयत्न गरिरहेको छ। जेठ १ गते महासचिव शंकर पोखरेलले निकालेको विज्ञप्ति होस् वा जेठ ३ गते उपमहासचिव ज्ञवालीले प्रतिनिधि सभामा गरेको सम्बोधन होस्, निर्वाचनमा धाँधलीको चर्चा गरिएको छ। ज्ञवालीले त सत्ताको दुरुपयोगलाई रेकर्डमा रहन जरुरी छ भन्दै प्रतिनिधि सभा बैठकमै सम्बोधन गरेका थिए।

यो पनि पढ्नुहोस्

 

देशैभर मतगणना जारी रहँदा एमालेले लगायो धाँधलीको आरोप

'हामीलाई परिणामप्रतिको कुरा होइन। चौतर्फी घेराबन्दी, दुनियाँमा कहीँ नहुने सत्ताको गठबन्धनले प्रतिपक्षका विरुद्ध गर्ने गठबन्धनलाई चिरेर पनि हामीले जे परिणाम हासिल गरेका छौँ। त्यसमा हाम्रो कुनै गुनासो छैन। स्वस्थ र मर्यादित प्रतिस्पर्धाबाट यदि यो भन्दा पनि कमजोर हुनुपर्छ भने पनि हामी तयार छौँ। त्यसका लागि आत्मसमीक्षा गर्न तयार छौँ', ज्ञवालीको भनाइ थियो, 'तर, सत्ताको जुन ढंगको दुरुपयोग भएको छ। यी कुराहरु रेकर्डमा रहन जरुरी छ।'

उनले चुनौती पनि दिएका छन्- 'नेकपा एमालेलाई विभाजन गरेर लोकतन्त्रलाई बलियो बनाउने सपना जजसले देख्नुभएको छ। त्यो किमार्थ पूरा हुनेछैन। हामी धुलो टक्टक्याएर पनि फेरि उठ्नेछौँ।'

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष कांग्रेस सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण तथा समुन्नति’ राजनीतिक प्रस्तावमा पछिल्लो समय... सोमबार, असोज १९, २०८३
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष सोमबार, असोज १९, २०८३
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्