काठमाडौं– इंग्लिस क्लब लिभरपुलले १९ वर्षीय फरवार्ड फाबियो कार्भाल्होलाई अनुबन्ध गरेको छ।
लिभरपुलले सोमबार उनलाई फुलहमबाट ८ मिलियन यूरोमा अनुबन्ध गरेको जानकारी दिएको हो।
पोर्चुगिज युवा फरवार्ड फाबियो जुलाई १ बाट लिभरपुलमा अनुबन्धित हुनेछन्। सन् २०२१–२२ को सिजन फुलहमका लागि उनले ३६ खेलमा १० गोल गरेका थिए। यस्तै, ८ असिस्ट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।