फाइल तस्बिर
काठमाडौं- सुन्दरी प्रतियोगिताको आडमा बलात्कार भएको घटना सार्वजनिक भइरहेको परिप्रेक्ष्यमा प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले नीतिगत स्पष्टता कायम गर्न निर्देशन दिएको छ।
समितिको बैठक सोमबार सिंह दरबारमा बसेको थियो। बैठकपछि दिइएको निर्देशनमा शीघ्र नीतिगत स्पष्टता कायम गर्न भनिएको छ।
'विभिन्न नाममा हुने सुन्दरता, मोडलिङ सम्बद्ध प्रतियोगिताहरु र मनोरञ्जन क्षेत्रमा संलग्न विविध वर्ग र प्रवर्ग (उमेर, जात, योग्यता)मा आधारित कुनै पनि प्रकारका सौन्दर्यता सम्बद्ध प्रतिस्पर्धात्मक कार्यक्रम सम्बन्धमा विस्तृत छलफल गरी शीघ्र नीतिगत स्पष्टता कायम गराएर मात्र सञ्चालन गर्न दिन समितिको यो बैठक नेपाल सरकार गृह मन्त्रालयलाई निर्देश गर्दछ', समितिको निर्णयमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।