काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले काठमाडौं लगायतका केही ठाउँमा स्वतन्त्र उम्मेदवारले ल्याएको मतपरिणामलाई लिएर पार्टी नै कमजोर भए भन्न नमिल्ने बताएका छन्।
सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी कमजोर नभएको बताए। ‘केही अपवादलाई लिएर पार्टी सकियो भन्न मिल्दैन। काठमाडौं, धनगढी वा अन्तको परिणाम हेर्दा,’ उनले भने, ‘नेपाली कांग्रेस परिवर्तनशील पार्टी हो। यो विषयलाई हामीले हेरिरहेका छौं।’
उनले किन दलसँग मतदाता असन्तुष्ट छन् भन्ने विषयमा नेपाली कांग्रेसले अध्ययन गर्ने पनि बताए। ‘यो पनि पार्टीहरुका लागि सिकाइको विषय हो यो। अनुभवबाट पाठ लिन कांग्रेस कहिले पनि चुक्दैन,’ उनले भने, ‘हामी मूल्यांकन गर्छौं। पार्टीलाई समयसापेक्ष बनाएर लैजान्छौं।’
उनले केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारका पालमा भएको भ्रष्टाचार, व्यथिती लगायतका कारण पनि अहिले चुनावमा असर देखिएको र त्यसको असर नेपाली कांग्रेसलाई पनि परेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।