सप्तरी- सप्तरीको रुपनी गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीले विजय उत्सव मनाउन गाउँपालिकाभरि सार्वजनिक बिदा दिएको छ।
हालै निर्वाचित पालिका प्रमुख दिनेशकुमार यादवको आदेशअनुसार भन्दै गाउँपालिकाले सार्वजनिक बिदाको सूचना जारी गरेको हो।
गाउँपालिकाद्वारा जारी सूचनामा भनिएको छ, 'नवनिर्वाचित पदाधिकारीहरुको विजय उत्सव मनाउने प्रयोजनका लागि पालिका प्रमुख दिनेशकुमार यादवको निर्देशनअनुसार गाउँपालिकाभित्रका सरकारी कार्यालय, संघसंस्था र स्वास्थ्य संस्थालगायतका कार्यालयमा सार्वजनिक बिदा दिइएको छ।'
पालिका लोकतान्त्रिक समाजवादी पार्टीले जितेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।