काठमाडौं– जितपुर सिमराका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेका छन्। सोमबार कार्यभार सम्हाल्दै उनले आफूलाई निर्वाचित गराउने नगरवासीप्रति आभार व्यक्त गरेका छन्।
पौडेलले आफ्नो तर्फबाट नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म नयाँ भर्ना हुने सबै छात्रछात्रालाई विद्यालयका प्रधानाध्यापकमार्फत् पोसाक उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
माओवादी केन्द्रका पौडेलले एमालेका उम्मेदवार सरस्वती चौधरीलाई पराजित गर्दै मेयरमा विजयी भएका हुन्। पौडेलले १८ हजार ७४३ मत पाउँदा चौधरीले १७ हजार ७७९ मत मात्रै पाइन्।
पालिकाको उपप्रमुखमा एमालेका भोलाप्रसाद अधिकारीले जितेका छन्। उनले १७ हजार ४९२ मत पाएका थिए। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसकी मेघा शाहीले १५ हजार ८४२ मत पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।