काठमाडौं– इंग्लिस प्रिमियर लिगको यो सिजनको अन्तिम म्याच डेमा लन्डन क्लब चेल्सीले संघर्षपूर्ण जित निकालेको छ।
आइतबार राति घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सीले वाट्फोर्डलाई २–१ ले पराजित गरेको हो। चेल्सीको जितमा काई हाभर्टज र रोस बार्कलेले गोल गरे। वाट्फोर्डका डान गोस्लिङले एक गोल फर्काए।
चेल्सीका लागि काईले खेलको ११औं मिनेटमा गोल गर्दै सुरुआति अग्रता दिलाएका थिए। तर, खेलको ८७औं मिनेटमा डाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
यस्तै, दोस्रो हाफको इन्ज्युरी समयमा रोसले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए।
जितसँगै चेल्सीले ३८ खेलबाट ७४ अंक जोडेर तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ। वाट्फोर्ड २३ अंक जोडेर १९औं स्थानमा रह्यो।
अन्य नतिजा
ब्रेन्टफर्डविरुद्ध लिड्स (१–२), ब्राइटनविरुद्ध वेस्ट ह्याम (३–१), बर्नलेविरुद्ध न्यूक्यासल (१–२), क्रिस्टल प्यालेसविरुद्ध म्यानचेस्टर युनाइटेड (१–०), लेस्टरविरुद्ध साउथह्याम्टन (४–१), लिभरपुलविरुद्ध वल्भ्स (३–१), म्यानचेस्टर सिटीविरुद्ध एस्टन भिल्ला (३–२), नर्विचविरुद्ध टोटेनहम (०–५)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।