काठमाडौं– एसी मिलानले ११ वर्षपछि इटालीको सिरी ‘ए’ उपाधि जितेको छ। आइतबार राति सम्पन्न खेलमा ससुलोलाई ३–१ ले पराजित गर्दै मिलानले एक दशकभन्दा बढी समयपछि सफलता दोहोर्याउन सफल भएको हो।
मिलानले सन् २०१०–२०११ मा अन्तिम पटक लिग जितेको थियो। मिलानले १९ औं पटक लिगको उपाधि जितेको हो। मिलानको जितमा ओलिभर जिरुडले २ तथा फ्रान्क केस्सीले १ गोल गरे।
खेलको १७औं मिनेटमा जिरुडले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए।
३२औं मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई २-० को अग्रता दिलाए।
त्यसपछि ३६औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै मिलानलाई ३-० को सहज जित दिलाए।
यो जितपछि एसी मिलानको ८६ अंक भएको छ। अन्तिम दिनको खेलमा लिग जित्नका लागि उसलाई कम्तीमा हार टार्न आवश्यक थियो। उसको नजिकको प्रतिद्वन्द्वी तथा छिमेकी इन्टर मिलान ८४ अंकमा दोस्रो स्थानमा रह्यो।
उसले साम्पडोरियालाई सानसिरोमा भएको खेलमा समान ३–० ले नै पराजित गर्यो।
साम्पडोरियाविरुद्ध इन्टरका लागि ज्याकक्विन कोरेआले २ तथा इभान पेरिसिचले १ गोल गरे।
खेलको ४९औं मिनेटमा पेरिसिचले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए।
५५औं मिनेटमा कोरियाले गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए। ५७औं मिनेटमा कोरियाले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टर मिलानलाई ३-० को जित दिलाए।
यता, लिगको तेस्रो तथा चौंथो स्थानमा रहेर नेपाली तथा युभेन्टसले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।