काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले अर्थमन्त्री वा उद्योगमन्त्री रोज्नुपरे उद्योगमन्त्री रोज्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक 'अतृप्त अवसर' पुस्तक लोकार्पण कार्यक्रममा छलफलमा उनलाई कार्यक्रम सञ्चालक अमित ढकालले सोधेका थिए- 'तपाईंलाई अवसर आयो भने अर्थमन्त्री बन्नुहुन्छ कि उद्योगमन्त्री?' थापाले तत्कालै जवाफ फर्काए- 'उद्योगमन्त्री।'
त्यसअघि थापाले अर्थमन्त्रीलाई परम्परागत ढंगले नभइ उद्योगमन्त्रीको रूपमा सोच्न आग्रह गरेका थिए। उनले यसपटकको नीति तथा कार्यक्रममा राख्नका लागि टेक्स्टायलदेखि फुटवयरसम्मका विषयमा सुझाव दिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।