काठमाडौं– वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। पाँच महानगर, केही उपमहानगर र नगरको मात्र अन्तिम परिणाम आउन बाँकी छ।
यसपटक पनि काठमाडौं चुनावले चर्चित छ। सबैको ध्यान काठमाडौंमा कसले जित्ला भन्नेछ। काठमाडौंका मतदाता मात्र होइन, देशभर यो कौतुहल छ। देशबाहिर रहेका नेपालीले पनि काठमाडौंको चुनावी सरगर्मीलाई नियालीरहेका छन्। काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर मत ल्याएर सबैको ध्यान खिचिरहेका छन्।

तपाईं अहिले काठमाडौंमा हुनुहुन्छ र घरबाहिर निस्किनुभयो ध्यान खिच्ने अर्को दृश्य पनि पाउनु हुनेछ। त्यो हो यहाँका सडकपेटी र त्यसको सुन्दरता।
काठमाडौंका सडकका हरेक पेटी हरियो बनेका छन्। राता, पहेँला, बैजनी फूलले त्यसैमा सुन्दरता थपिदिएका छन्।
काठमाडौं उपत्यकाको विभिन्न स्थान पुगेर न्यूज एजेन्सी नेपालका फोटोपत्रकारहरुले यीनै सुन्दर दृश्यहरू आफ्नो क्यामेरामा कैद गरेका छन्।












नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।