काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।
बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमबारे छलफल हुनेछ। सरकारले शनिबार सदनमा नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको छ।
त्यसैका लागि मन्त्रिपरिषद् बैठकले निर्णय गर्न लागेको हो।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षालगायत विषयमा पनि छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।