• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

कैलालीमा पहिलो शक्तिका रुपमा उदाउँदै नागरिक उन्मुक्ति पार्टी

64x64
बीपी अनमोल बिहीबार, जेठ ५, २०७९  १८:३८
1140x725

काठमाडौं- गत माघमा टीकापुर घटनामा दोषी ठहर भएका निलम्बित प्रतिनिधि सभा सांसद रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरे।  

श्रीमती रन्जिता श्रेष्ठको अध्यक्षतामा उनले पार्टी स्थापना गरेका थिए। चार महिनाको समयमा नै कैलालीमा संगठन विस्तार गरेको यो पार्टीले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित हुने देखिएको छ। 

अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार कैलालीका १३ स्थानीय तहमध्ये ३ वटा स्थानीय तहमा फराकिलो मतान्तर सहित नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ। एउटा स्थानीय तहको अन्तिम मतगणना जारी छ। जानकी गाउँपालिकामा  पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवारहरूको फराकिलो मतान्तर छ। त्यहाँ जित लगभग निश्चित भएको छ। 

योसहित नागरिक उन्मुक्ति पार्टीको चारवटा स्थानीय तहमा उपस्थिति हुनेछ। १३ वटा स्थानीय तह मध्ये चारवटामा जित्दै नागरिक उन्मुक्ति पार्टी कैलालीमा पहिलो राजनीतिक शक्तिका रुपमा रहनेछ। 

धनगढीको उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता फराकिलो देखिएकाले त्यहाँ उनले नै जित्ने अनुमान गरिएको छ। अन्य ८ वटा तह मध्ये अहिलेसम्म नेपाली कांग्रेसले कैलारी गाउँपालिका र गोदावरी नगरपालिका गरेर दुई ठाउँमा जितेको छ। लम्की चुहा नगरपालिमा अग्रता लिइरहेको छ।

नेकपा एमालेले चुरे गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा जित हासिल गरेको छ। नेकपा माओवादी केन्द्रले मोहन्याल गाउँपालिकामा जित निकालेको छ। गौरीगंगा नगरपालिकामा अग्रता लिइरहेको छ। नेकपा एकीकृत समाजवादीले घोडाघोडी नगरपालिकामा जित निकालेको छ। 

कैलालीको टिकापुर
कैलालीको दोस्रो ठूलो शहरका रूपमा रहेको टिकापुर नगरपालिकामा पाँच दलीय गठबन्धन, नेकपा एमाले समेतका उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीले आफ्नो जित दर्ता गराएको छ।

टीकापुरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु ९ हजार ६४२ मत ल्याएर प्रमुखमा निर्वाचित भएका हुन्। उनले पाँचदलीय गठबन्धनका उम्मेदवार नवराज रावललाई ३ हजारको फराकिलो मतान्तरले पराजित गरे। 

Ncell 2
Ncell 2

यहाँ उपप्रमुखमा भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका खडकबहादुर शाह निर्वाचित भए। नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार उल्कादेवी विश्वकर्मा भन्दा १५३ मत बढी ल्याएर निर्वाचित भए। शाहले ७ हजार ९५५ र विश्वकर्माले ७ हजार ८०२ मत प्राप्त गरे।

उपप्रमुखको मतगणना पुनः गर्नुपर्ने माग गर्दै नागरिक उन्मुक्ति पार्टीले जिल्ला निर्वाचन कार्यालय कैलालीमा निवेदन समेत दिएको छ।

टिकापुरको प्रमुखमा निर्वाचित थारू नेकपा माओवादी केन्द्र परित्याग गरेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए। उनी २०७४ को स्थानीय तहको निर्वाचनमा टिकापुर नगरपालिका वडा नम्बर ७ बाट नेकपा माओवादी केन्द्रबाट फराकिलो मतान्तरसहित वडा अध्यक्षमा निर्वाचित भएका थिए।

२०७४ मा टीकापुरमा नेकपा एमालेले प्रमुखमा जित हासिल गरेको थियो। अहिलेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले एमालेबाट उक्त नगरपालिका खोसेर जित हासिल गरेको हो। 

प्रमुख बाहेक टिकापुरका ९ वडामध्ये वडा नम्बर १ मा वडाध्यक्ष बाहेक ४ सदस्य जितेको छ। वडा नम्बर २ मा १ सदस्य र १ महिला सदस्य जितेको छ। वडा नम्बर ४ र ५ मा प्यानलसहित जितेको छ। वडा नम्बर ७ मा दुई सदस्य, १ महिला सदस्य, १ दलित सदस्य जितेको छ। 

भजनी नगरपालिका
भजनी नगरपालिकामा पनि नागरिक उन्मुक्ति पार्टीले प्रमुख र उपप्रमुख सहित बहुमत जनप्रतिनिधि जितेको छ। त्यहाँ प्रमुखमा ८ हजार ९६६ मत ल्याएर केवल चौधरी निर्वाचित भएका छन्। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार शेरबहादुर चौधरीलाई पराजित गर्दै केवल चौधरी निर्वाचित भएका हुन्। गठबन्धनका उम्मेदवारले ५ हजार १९८ मत प्राप्त गरे। 
उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोकेन्द्र भण्डारीलाई पराजित गर्दै राजु तिरुवाले ७ हजार ६२२ मत ल्याएर निर्वाचित भएका हुन्। गठबन्धनका उम्मेदवारले ४ हजार ४९० मत प्राप्त गरे। 

२०७४ को निर्वाचनमा यो नगरको प्रमुख र उपप्रमुख नेकपा माओवादी केन्द्रले जितेको थियो। अहिले नागरिक उन्मुक्ति पार्टीले माओवादी केन्द्रबाट यो नगरपालिकाको नेतृत्वमा आफ्नो पक्षमा पारेको छ।

यसअघिको निर्वाचनमा यस नगरपालिकाबाट नेकपा माओवादी केन्द्रका शेरबहादुर चौधरी र उपप्रमुखमा नेकपा माओवादी केन्द्रकै छायाँ देवी देवकोटा निर्वाचित भएकी थिइन्। 

अहिलेको स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख सहित नागरिक उन्मुक्ति पार्टीले वडा नम्बर १ र ३ मा प्यानल सहित विजयी हासिल गरेको छ। वडा नम्बर ६ मा दलित महिला सदस्य बाहेक सबै विजयी भएको छ। वडा नम्बर ७ मा २ खुल्ला सदस्य र एक महिला सदस्य जितेको छ। भने वडा नम्बर ८ मा वडाध्यक्ष बाहेकका चार सदस्यमा जित हासिल गरेको छ। 

जोशीपुर गाउँपालिका
जोशीपुर गाउँपालिकामा पनि नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरेको छ। जोशीपुर गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर चौधरी ४ हजार ९०३ मत ल्याएर निर्वाचित भएका छन्। भने उपाध्यक्षमा उन्मुक्ति पार्टीकै रेखादेवी कठरीया ४ हजार ५८१ मत ल्याएर विजयी भएकी छन्।

गठबन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा उन्मुक्ति पार्टीले जित हासिल गरेको हो। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बन्सराम बडायकले अध्यक्षमा ३ हजार ३६८ मत प्राप्त गरे। उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका दिर्घराज बिनाडीले ३ हजार ९६१ मत प्राप्त गरे। 

उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी दिएर अन्तिम सहमति गरेपनि उम्मेदवार किरण चौधरीले ३ हजार ११३ मत ल्याएका थिए। जोशीपुर गाउँपालिकामा ०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो। कांग्रेसबाट अध्यक्षमा रामकृष्ण चौधरी र उपाध्यक्षमा गीता कठरिया निर्वाचित भएकी थिइन्।

जोशीपुरमा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष र उपाध्यक्ष सहित वडा नम्बर १, ३, ४ मा प्यानल सहित विजयी भएको छ। भने वडा नम्बर २ मा एक वडा सदस्य, वडा नम्बर ५ मा दलित महिला सदस्य बाहेक सबै र वडा नम्बर ७ मा दलित महिला सदस्यमा जित हासिल गरेको छ। 

जानकी गाउँपालिका
जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिइरहेको छ। ९ वडा रहेको यो गाउँपालिकामा ५ वडाको मतगणना सम्पन्न भइसकेको छ। अहिले ४ वटा वडाको मतगणना भइरहेको छ। 

मतगणना सम्पन्न भएका वडामध्ये वडा नम्बर ५, ६ र ७ मा प्यानलसहित जित हासिल गरिसकेको छ। वडा नम्बर ८ मा एक वडा सदस्य निर्वाचित भएको छ। मतगणना बाँकी रहेका वडामा पनि अग्रता लिइरहेको छ। 

पछिल्लो सार्वजनिक भएको मतपरिणाम अनुसार जानकी गाउँपालिमा उन्मुक्ति पार्टीबाट अध्यक्षका उम्मेदवार गणेश चौधरीले ४ हजार ४६६ मत प्राप्त गरेका छन्। 

गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका परशुराम महत्तौंले ३ हजार ४५ मत पाएका छन्। चौधरीले महत्तो भन्दा १ हजार ४२१ मत बढी ल्याएका छन्। उपाध्यक्षमा पनि नागरिक उन्मुक्ति पार्टीकै लालमतीदेवी कठरियाले ३ हजार ९३० मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेकी नेकपा एमालेकी उम्मेदवार गीता चौधरीले ३ हजार २८३ मत प्राप्त गरेकी छन्। 

जानकी गाउँपालिकामा २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम, नेपाल लोकतान्त्रिकका प्रदिपकुमार चौधरी अध्यक्षमा निर्वाचित भएका थिए। भने उपाध्यक्ष पनि सोही पार्टीका उम्मेदवार उमा महत्तो निर्वाचित भएकी थिइन्। 

कैलाली बाहेकका जिल्लामा पनि संगठन विस्तार गर्ने तयारी
कैलालीको सबैजसो स्थानीय तहमा उम्मेदवारी दिएको भए पनि नागरिक उन्मुक्ति पार्टीले कैलालीको पूर्वी क्षेत्रमा रहेका स्थानीय तहमा आफ्नो जित हासिल गरेको हो। 

नागरिक उन्मुक्ति पार्टीको संगठन विभाग प्रमुख लक्ष्मण चौधरीले आफ्नो पक्षमा आएको मतपरिणामबाट ९० प्रतिशत सन्तुष्ट रहेको बताउँछन्।

‘हामीले जति मेहनत गरेका थियौं त्यस अनुसार सन्तुष्ट छौं,’उनले भने,‘बर्दगोरियामा पनि जित हुने अपेक्षा गरेका थियौं तर, कडा प्रतिस्पर्धा गर्न सफल भएका छौं।’

उनले कैलालीमा स्थानीय तहमा आफ्नो पार्टीले जित हासिल गरेसँगै घोषणापत्र अनुसार विकास निर्माणको कामसँगै सामाजिक सद्भावलाई कायम राखेर अघि बढ्ने बताए।

‘०७२ को घटनापछि राज्यले एकपक्षीय रुपमा रेशम चौधरीमाथी अन्यायपूर्ण व्यवहार गर्‍याे। ०७४ को अभिमतलाई राज्य निकास दिएन,’उनले भने,‘मतदातामा असन्तुष्टि पैदा भएको थियो। त्यो तोड्नका लागि पनि अहिले जनताले हाम्रो पार्टीलाई जनमत सुम्पिएका हुन्।’

उनले अब आफ्नो पार्टी कैलाली जिल्लामा मात्र नभइ अन्य जिल्लामा पनि संगठनलाई प्रभावकारी रुपमा विस्तार गरेर नयाँ रणनीतिका साथ अघि बढ्ने बताए।

नागरिक उन्मुक्ति पार्टीले अब हुने प्रदेश र संघीय निर्वाचनका लागि पनि तयारी अघि बढाइने जनाएको छ। 

२०७२ भदौ ७ गते कैलाली कञ्चनपुरलाई ‘अखण्ड’ सुदूरपश्चिममा नराख्न र छुट्टै थरुहट प्रदेशको हुनुपर्ने भन्दै आन्दोलन भएको थियो। थारु समुदायले गरेको प्रदर्शनमा हिंसा भड्किएको थियो। त्यस क्रममा सातजना प्रहरी र एक नाबालक मारिएका थिए। त्यसको भोलिपल्टै टीकापुरमा थारु समुदायका घर, पसल लगायतमा आगजनी गरिएको थियो।

उनीहरूमाथि दमन भएको थियो। तर, यस घटनाको छानबिन गरेर दोषीलाई पक्राउ गरी मुद्दा चलाउने काम नभएको थारु समुदायको आरोप छ। नागरिक उन्मुक्ति पार्टीले पनि अहिले पहिचानको मुद्दालाई नै प्रमुखताको साथ उठाएको थियो।

टीकापुर घटनाका योजनाकारको आरोप लागेका रेशम चौधरी २०७४ को निर्वाचनमा राजपाबाट कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतको अन्तरले निर्वाचित भएका थिए। उनी आफू भूमिगत नै भएर निर्वाचन लडेका थिए। धेरैपछि उनले आफैं अदालतमा आत्मसमर्पण गरेका थिए।

जिल्ला अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि उनी कारागार चलान भएका थिए। पछि उच्च अदालत दिपायलले पनि जिल्लाकै फैसला सदर गरेको थियो। दुईवटै अदालतको आदेशले पूर्पक्षका लागि काठमाडौंको डिल्लीबजार कारागारमा रहेका चौधरीको मुद्दा सर्वोच्च अदालतमासमेत विचाराधीन नै रहेको छ।

जसपामा विभाजन नहुँदा र त्यसपछिको अवस्थामा पनि उनले आफ्नो रिहाइका लागि प्रयास गरेका थिए। तर, पार्टीहरूबाट आवश्यक पहल हुन नसकेपछि उनले श्रीमती रन्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गत माघमा गठन गरेका थिए।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम शनिबार, पुस २६, २०८२
यस्तो रहनेछ देशभरको मौसम शनिबार, पुस २६, २०८२
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी शुक्रबार, पुस २५, २०८२
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा शुक्रबार, पुस २५, २०८२
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्