काठमाडौं– संसद्मा विचाराधीन रहेको नागरिकता विधेयक अघि बढाउने विषयमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालासँग छलफल गरेका छन्।
बिहीबार बिहान खुमलटारमा भएको भेटवार्तामा नागरिकता विधेयक र अन्य समसामयिक राजनीतिक विषयमा उनीहरुबीच छलफल भएको हो।
गृहमन्त्री खाणको सचिवालयका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास ललितपुरको खुमलटारमा छलफल भएको हो।
भेटमा समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिए।
‘समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे भेटमा छलफल भयो,’ गृहमन्त्री खाणले भने।
सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।