काठमाडौं– उदयपुरको उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा कार दुर्घटना भएको छ। दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
मंगलबार राति मदनभण्डारी राजमार्गअन्तर्गत बैजनाथ खोलाको पुलमा कार दुर्घटना भएको हो।
दुर्घटनामा परेर विराटनर महानगरपालिका–५ का ३४ वर्षीय देवेन्द्र चापागाईँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता, डीएसपी सन्तोष आचार्यले जानकारी दिए।
त्यसैगरी, विराटनगर–५ कै ३१ वर्षीय कार चालक विशाल राय, २७ वर्षीय सागर घिमिरे, २३ वर्षीय सुजन खड्का र ३५ वर्षीय सुरज पौडेल घाइते भएका छन्। उनीहरुको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
उनीहरु वीरगञ्जबाट विराटनगरतर्फ जाँदै थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।