काठमाडौं- बिपी राजमार्ग बनेपछि राजधानीबाट पूर्वी नेपाल आउजाउ गर्न सहज भएको छ। बनेपा-बर्दिबास हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने यो सडकखण्डलाई बनेपा बर्दिबास राजमार्ग पनि भन्ने गरिन्छ।
२०५२ सालदेखि निर्माण थालिएको यो मार्ग २०७२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। जापानको अन्तर्राष्ट्रिय संस्था (जाइका) र जापान सरकारको सहयोगमा निर्माण भएको यो सडक निकै परिवक्व मानिएको छ। वरिपरिका डाँडा अनि सिन्धुलीका मनोरम फाँटहरुले सडकको यात्रा निकै रोमाञ्चक हुने गरेको छ।
कुल १६० किलोमिटर लम्बाइ रहेको सडकको धुलिखेलदेखि नेपालथोक खण्डको दुरी ५० किलोमिटर रहेको छ। यस्तै, नेपालथोक-खुर्कोट ३७ किमि, खुर्कोट-सिन्धुली बजार ३६ किमि र सिन्धुली- बर्दिबास ३७ किमि रहेको छ।
बिपी राजमार्ग हुँदै धरान पुग्दा देखिएका दृश्यलाई हामीले यसरी कैद गरेका छौं-
बिपी राजमार्ग, सिन्धुली
रानीमहल, सिन्धुलीगढी
बिपी हाइवे अन्तर्गत नेपालथोक सडक–खण्ड
बिपी हाइवेबाट देखिएको सिन्धुलीको एक गाउँ
बिपी हाइवेको घुम्ती
सप्तरीको भारदहस्थित नहरमा माछा मार्दै स्थानीय महिला र बालबालिका
सप्तरीको भारदहमा जाल हान्दै स्थानीय युवा
भारदहमा घाँस बोकेर नहर पार गर्दै एक महिला
कोशी ब्यारेज
नेपाल–भारत सीमा भारदहमा रहेको सीमा स्तम्भ
सप्तरीको धानखेतमा एक महिला
लौकहीका स्थानीय महिला बोरामा घाँस बोकेर गन्तव्यतिर जाँदै
सुनसरीको लौकहीमा साइकलमा यात्रा गर्दै
सुनसरीको लौकहीमा जुट केलाउँदै स्थानीय
धरान सहर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।