काठमडौं- दैलेखको नौमुले गाउँपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले जित हासिल गरेको छ।
गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदीले ३२०० मतसहित विजय हासिल गरे। उनका निकटत् प्रतिश्पर्धी कांग्रेसका भदे बुढा मगरले २५४४ र एमालेका शशिराम विश्वकर्माले १९२० मत पाए।
उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगाबहादुर शाही विजयी भएका छन्। शाहीले २८३४ मत पाउँदा निकटतम् प्रतिश्पर्धी कांग्रेसकी अमृता सिंहले २४०५ र एमालेकी गीता चन्दले १९१८ मत प्राप्त गरे।
माओवादीले जितेको यो दोस्रो स्थानीय तह हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।