काठमाडौं–देशभर स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ। मत गणना भएको पहिलो दिन १४ स्थानको परिणाम सार्वजनिक भएको छ। जसमा नेकपा एमाले अगाडि रहेको छ। एमालेले ६ वटा प्रमुख जितेको छ भने उसलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ। उनीहरुपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छन्।
कुनमा दलले कति प्रमुख र उपप्रमुख जिते ?
नेकपा एमालेले ६ स्थानमा प्रमुख जितेको छ भने ५ स्थानमा उपप्रमुख जितेको छ। त्यस्तै नेपाली काग्रेसले प्रमुख र उपप्रमुखमा ५/५ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १ स्थानमा प्रमुख र २ स्थानमा उपप्रमुख जितेको छ। एकीकृत समाजवादीले २ स्थानमा प्रमुख र १ स्थानमा उपप्रमुख जित हात पारेको छ। जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र राप्रपाले अहिलेसम्म खाता खोल्न सकेका छैनन्।
कहाँ कसको कति अग्रता?
नेकपा एमालेले १५५ स्थानमा प्रमुखमा अग्रता कायम गरेको छ भने १६४ स्थानमा उपप्रमुखमा अग्रता कायम गरेको छ। त्यस्तै नेपाली काग्रेसले २१६ स्थानमा प्रमुखमा अग्रता लिएको छ भने १७६ स्थानमा उपप्रमुखमा अग्रता लिएको छ।
माओवादी केन्द्रले ९३ स्थानमा प्रमुखमा अग्रता लिएको छ भने उपप्रमुखमा १२ स्थानमा अग्रता लिएको छ। लोसपाले २ स्थानमा प्रमुखमा अग्रता लिएको छ भने उपप्रमुखमा १ स्थानमा अग्रता लिएको छ। एकीकृत समाजवादीले ९ स्थानमा प्रमुखमा अग्रता लिएको छ भने ११ स्थानमा उपप्रमुखमा अग्रता लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।