काठमाडौं–काठमाडौं महानगरपालिको ताजा मतपरिणाम अनुसार उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले लोकप्रिय मत पाएकी छन्। उनले ९२० मत पाउँदा अन्य उम्मेदवारहरु दुई सयकै हाराहारीमा देखिएका छन्।
गठबन्धनका तर्फवाट उपमेयरको उम्मेदवार रहेका रामेश्वर श्रेष्ठले २४६ मत पाएका छन्। त्यस्तै विवेकशील साझाका उपमेयरभन्दा राप्रपाको उपमेयरका उम्मेदवारले धेरै मत पाएकी छन् । राप्रपाका उपमेयरले २०८ मत ल्याउँदा विवेकशीलको ५१ मत छ।
मेयरमा भने बालन शाहले अग्रता लिएका छन् । उनले ७६८ मत पाउँदा एमालेका केशव स्थापितले ५५० र नेपाली काग्रेसकी सृजना सिंहले ४२१ मत पाएकी छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।