काठमाडौं–काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन्।
निर्वाचन अधिकृतको कार्यालयले केहीबेरअघि सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार २६८२ मत गन्दा शाहले ७६८ मतसहित अग्रता कायम राखेका हुन्।
यस्तै, एमालेका केशव स्थापितले शाहलाई पछ्याएका छन्। उनले ५५० मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार सिर्जना सिंहले ४२१ मत पाएकी छन्। राप्रपा भने १०५ मत सहित पाँचौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।