काठमाडौं–सिन्धुलीको फिक्कल गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन्। ४ सय मत गणना हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर भुजेलले २४७ मत पाएका छन् भने एमालेकी पार्वती सुनुवारले १३३ मत पाएकी छन्।
यस्तै, उपाध्यक्षमा गठबन्धनकै लोकेन्द्रबहादुर कार्कीले २१२ र एमालेका राजु बरालले १५० मत पाएका छन्। वडा नम्बर १ को ४ सय मत गणना गरिएको हो। उक्त वडामा वडाध्यक्षमा उम्मेदवार गठबन्धनका होमबहादुर सुनुवारले २२० र एमालेका मोहन आलेमगरले १४७ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।