काठमाडौं- शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। निर्विरोध निर्वाचितसहित हालसम्म १३ पालिकाको नतिजा सार्वजनिक भएको छ।
एमालेले मनाङ डिस्याङ, चामे, लो-घेकर दामोदरकुण्ड, बागागुङ मुक्तिक्षेत्र, लोमन्थाङ र शे फोक्सुन्डो गाउँपालिकाको नेतृत्वमा जित हासिल गरेको हो। शे फोक्सुन्डोमा उसले निर्विरोध जित हासिल गरेको हो।
कांग्रेसले घरपझोङ, नार्पाभूमि, नासोँ र गन्यापधुरा गाउँपालिकामा जित हासिल गरेको हो। त्यस्तै एकीकृत समाजवादीले काइके र छार्का साङतोङ गाउँपालिकामा निर्विरोध जित हासिल गरेको हो। माओवादी केन्द्रले जगदुल्ला गाउँपालिकामा जित निकालेको छ।
कुन दलले कहाँकहाँ जिते?
एमाले
१ मनाङ ङिस्याङ गाउँपालिका/ मनाङ
कान्छा घले/एमाले- ८६१
२ चामे गाउँपालिका/मनाङ
लोकेन्द्र वहादुर घले/एमाले- ३२०
३ लो- घेकर दामोदरकुण्ड गाउँपालिका/ मुस्ताङ
लोप्साङ छोम्पेल विष्ट/एमाले-
४ बागागुङ मुक्तिक्षेत्र गाउँपालिका/ मुस्ताङ
रिङजीन नामगेल गुरुङ/एमाले-
५ लोमन्थाङ गाउँपालिका/मुस्ताङ
टसी न्हर्वु गुरुङ/एमाले- ६६८
६ शे फोक्सुन्डो गाउँपालिका/ डोल्पा
धावा सम्डुक गुरुङ/एमाले- निर्विरोध
नेपाली कांग्रेस
१ घरपझोङ गाउँपालिका/ मुस्ताङ
मोहन सिंह लालचन/ काग्रेस-
२ नार्पाभूमि गाउँपालिका/ मनाङ
कोन्जो तेन्जीङ लामा/ काग्रेस- १५८
३ नासोँ गाउँपालिका/ मनाङ
धन बहादुर गुरुङ/ काग्रेस-
४ गन्यापधुरा गाउँपालिका
ईन्द्रबहादुर कार्की/कांग्रेस- ३३८४
एकीकृत समाजवादी
१ काइके गाउँपालिका/डोल्पा
अंगद कुमार राना/एकीकृत समाजवादी- निर्विरोध
२ छार्का साङतोङ गाउँपालिका/ डोल्पा
सेनाङ गुरुङ/ एकीकृत समाजवादी- निर्विरोध
माओवादी केन्द्र
१ जगदुल्ला गाउँपालिका/डोल्पा
नारा सिं रोकाया /माओवादी केन्द्र-७७०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।